बाँसगढीमा ५० प्रतिशत अनुदानमा च्याउको विउ वितरण

बर्दिया, रावन विश्वकर्मा ।

बर्दियाको बाँसगढीमा ५० प्रतिशत अनुदानमा च्याउको विउ वितरण गरिएको छ । बाँसगढी नगरपालिका कृषि विकास शाखाको आर्थिक बर्ष २०७९।०८० को स्वीकृत च्याउको विउ ५० प्रतिशत अनुदानमा तथा च्याउ प्रविधि विस्तार र ढुवानी कार्यक्रम अन्र्तगत कृषक, कृषक समुह, कृषि फर्म तथा कृषि सहकारीलाई कन्ये च्याउको विउ वितरण गरिएको हो ।

बुधबार एक कार्यक्रमका विच ८ वटा कृर्षि सहकारी र समुहलाई ५ सय ५५ पोका च्याउको विउ वितरण गरिएको कृषि प्राविधिक राजु चौधरीले जानकारी दिए । नगर कृषि विकास शाखाको यस आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुसार १२ हजार ३ सय बढी कन्ये च्याउको विउ वितरण गर्ने कार्यक्रम रहेको छ । दिपावली पछि पनि च्याउको विउ कृषक समुह तथा सहकारी र कृषकका लागि वितरण गरिने कृषि विकास शाखाले जनाएको छ ।

विउ वितरण कार्यक्रममा नगर उपप्रमुख इन्दिरा चौधरीले च्याउको विउ हस्तान्त्रण गर्दै विउ लगेर बढी भन्दा बढि उत्पादन गर्न अनुरोध गरिन । उनले कृर्षकलाई व्यवसायी बनाउदै आर्थिक उन्नतिको लागि नगरपालिकाले च्याउको विउ वितरण गरेको बताईन ।

त्यस्तै कृषि विकास शाखा प्रमुख लाल बहादुर खड्काले कृर्षक, सहकारी तथा समुहलाई च्याउ बनाउने प्रविधिको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा बाँसगढी नगरपालिकाका नगर उपप्रमुख ईन्दीरा चौधरी, वडा न ५ का वडा अध्यक्ष दहुवा थारु, पशु विकास शाखा प्रमुख ठाकुरदयाल शाह, कृर्षक, कृषक समुह र सहकारीका पदाधिकारी लगाएतको सहभागिता रहको थियो । कार्यक्रमको सञ्चालन कृषि प्राविधिक राजु चौधरीले गरेका थिए ।