कोहलपुर ।
बाँकेको कोहलपुरमा पढ्दै कमाउँदै सहजिकरण कार्यक्रम हुन लागेको छ । राष्ट्रिपति शैक्षिक सुधार कार्यक्रम अन्तगत पढ्दै कमाउँदै कार्यक्रम आज दिउँसो २ बजे कोहलपुर नगरपालिकाको सभा हलमा हुने बाल शिक्षा माध्यमिक विद्यालयका प्रअ टर्क बहादुर खत्रीले बताए ।
कार्यक्रममा कोहलपुर नगरपालिकाका सबै सामुदायिक/संस्थागत विद्यालयमा कार्यरत प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघ, अंग्रेजी भाषा शिक्षक र सबै वडाको जनप्रतिनिधि तथा अंग्रेजी भाषाको शिक्षणमा पेशागत विकासमा योगदान दिएका व्यक्ति लगायत अन्य सबै महानुभावहरुलाई कार्यक्रममा उपस्थितिको लागि अनुरोध गरिएको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्