कोहलपुरमा पढ्दै कमाउँदै सहजिकरण कार्यक्रम हुँदै

कोहलपुर ।

बाँकेको कोहलपुरमा पढ्दै कमाउँदै सहजिकरण कार्यक्रम हुन लागेको छ । राष्ट्रिपति शैक्षिक सुधार कार्यक्रम अन्तगत पढ्दै कमाउँदै कार्यक्रम आज दिउँसो २ बजे कोहलपुर नगरपालिकाको सभा हलमा हुने बाल शिक्षा माध्यमिक विद्यालयका प्रअ टर्क बहादुर खत्रीले बताए ।

कार्यक्रममा कोहलपुर नगरपालिकाका सबै सामुदायिक/संस्थागत विद्यालयमा कार्यरत प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघ, अंग्रेजी भाषा शिक्षक र सबै वडाको जनप्रतिनिधि तथा अंग्रेजी भाषाको शिक्षणमा पेशागत विकासमा योगदान दिएका व्यक्ति लगायत अन्य सबै महानुभावहरुलाई कार्यक्रममा उपस्थितिको लागि अनुरोध गरिएको छ ।

https://scontent.fktm9-2.fna.fbcdn.net/v/t39.30808-6/311610524_5226991680763733_7933015106447025845_n.jpg?_nc_cat=107&ccb=1-7&_nc_sid=8bfeb9&_nc_ohc=y0ZV8Lxv48MAX8g6qhu&_nc_ht=scontent.fktm9-2.fna&oh=00_AT-lvmWc46woGxneCekHpGjpTbBi6VD13NGIedfTFDEFRg&oe=635370E8