पब्जी मोबाइल प्रो लिग साउथ एशिया च्याम्पियनशिपको उपाधीबाट बञ्चित

काठमाडौं ।
पब्जी मोबाइल प्रो लिग (पीएमपीएल) साउथ एशिया च्याम्पियनशिप फल २०२२ को उपाधी मंगोलियाको टिम गडलाईक स्टलवार्टले जितेको छ।

प्रतियोगिताको अन्तिम दिन ६ खेलमा ८६ अंक बटुल्दै स्टलवार्ट च्याम्पियन बन्न सफल भएको हो।

स्टलवार्टले उपाधीसँगै ४० हजार अमेरिकी डलर पनि जितेको छ।

अन्तिम दिनको खेल अघि नेपाली टिम डीआरएस गेमिङभन्दा स्टलवार्ट ४५ अंक पछि थियो। तर अन्तिम दिन डीआरएसका लागि दुर्भाग्यपूर्ण रहयो। अघिल्ला तीन दिनको खेलमा २२३ अंक बटुलेको डीआरएसले अन्तिम दिन जम्मा ३३ अंक मात्र ल्याउन सक्यो। एक दिनको खराब प्रदर्शनका कारण डीआरएस उपाधीबाट विमुख हुन पुग्यो।

२५६ अंक सहित दोस्रो स्थानमा रहेको डीआरएसले २८ हजार अमेरिकी डलर जित्यो।

अर्को नेपाली टिम स्काईलाइट गेमिङ २३१ अंकसहित तेस्रो स्थानमा रहन सफल भयो। स्काईलाइटले १८ हजार अमेरिकी डलर जितेको छ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी पनि स्टलवार्टका टप बन्न पुगेको छन्। ३६ इलिमिनेसन प्वाइन्ट प्राप्त गरेका टपले २ हजार अमेरिकी डलर प्राप्त गरेका छन्।

असोज २८ देखि असोज ३१ गतेसम्म सञ्चालन भएको यस प्रतियोगिताको कुल पुरस्कार राशी १ लाख ५० हजार अमेरिकी डलर छ।
यस प्रतियोगितामा नेपाल र पाकिस्तानका समान ६र६ टिम र मंगोलियाका ४ टिमले प्रतिस्पर्धा गरिरहेका छ।

प्रत्येक दिन ६ खेल गरी कुल २४ खेल खेलिएको थियो।

भने, चौथो स्थानमा रहनेले १० हजार अमेरिकी डलर, पाँचौले ७ हजार अमेरिकी डलर, छौटौं स्थानमा रहने टिमले ६ हजार अमेरिकी डलर प्राप्त गरेका छन्

७ औं र ८ औंले समान साढे ५ हजार अमेरिकी डलर प्राप्त गरेका छन्।

९ औं देखि १२ स्थानमा रहेन टिमले पनि समान ४ हजार अमेरिकी डलर र १३ औं देखि १६ स्थानमा रहेन टिमले समान ३ हजार अमेरिकी डलर प्राप्त गरेका छन्।