क्यान्सर पीडितलाई आर्थिक सहयोग जुट्दै




कोहलपुर ।

कर्णाली प्रदेशको रुकुम पश्चिम मुसिकोट नगरपालिका १३ का मान बहादुर ओलीको उपचारका लागि आर्थिक सहयोग जुटेको छ । क्यान्सर रोगबाट पिडित भई विगत लामो समयदेखि नेपाल उपचार गरी नेपालमा उपचार सम्भव नभएपछि भारतको नयाँ दिल्लीमा रहेको आर्टमेस अस्पतालमा उपचाररत छ्न ।

उपचारको लागि ललितपुर गोदावरी नगरपालिका निवासी कमला राज भण्डारीले ४७ हजार रुपैया सहयोग गरेकी छिन् ।

यस्तै अन्यबाट उपचारको लागि ७ लाख ५० हजार सहयोग उठेको छ भने ३/३ महिनामा दिल्ली नियमित उपचारको लागि जानुपर्ने भएकोले ४० लाख बढि खर्च भइसकेको क्यान्सर पिडितका फुपाजु डिल्ली डाँगीले बताए ।

अब अत्यन्तै आर्थिक अभाव भएपछि शान्ती माध्यमिक विद्यालय ललितपुरमा प्रध्यापनरत मान बहादुर ओलीको स्वास्थ्य लाभको कामना सहित सहयोग प्रदान गर्नुहुने मनकारी, सहयोगी सम्पूर्ण महानुभावहरुले आर्थिक सहयोग गर्ने ओलीका परिवारले अपिल गरेको डाँगीले बताए ।

पीडितलाई उपचार खर्चको अभाव भएको बारे कोहलपुर टुडेमा समाचार प्रकाशित भएपछि रकम संकलन अभियान सुरु भएको हो ।

सम्पर्क नम्बर

फ्वाजु- डिल्ली बहादुर डाँगी -9847852320
भाई-नरेन्द्र ओली -986-8458694
दाई -शेर बहादुर ओली – ९८६६८२७३७१
मान बहादुर ओली:984-1369246 (अति आवश्यक परेमा मात्र)
बैंक खाता नम्बर
Name : Man Bahadur Oli
Account : 01801506321208000001
Bank : Nepal Bank Limited (Branch: Gabahal, Lalitpur )

http://kohalpurtoday.com/wp-content/uploads/2022/10/received_1075261016512416.jpeg

 

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ असोज २९ गते शनिबार