कोहलपुर नगर प्रहरीद्धारा ठेला र होडिङ्ग बोड हटाउन शुरु

कोहलपुर ।

कोहलपुर नगरपालिकामा अनाधिकृत रुपमा रहेका ठेला र होडिङ्ग बोडहरु हटाउन सुरु गरेको छ । मंगलबारदेखि कोहलपुर नगर प्रहरीले कोहलपुरका बजार एरियाका पोलहरुमा राखिएका होडि ङ्गबोड, सडकका छेउछाउमा राखिएका पसलहरुका वोड तथा अनाधिकृत रुपमा सञ्चालन गरिरहेका ठेलाहरुलाई व्यवस्थित गर्न नगर प्रहरीले हटाउन सुरु गरेको छ ।

चौराहको ५ सय मिटिर वरपर कुनै सवारी साधन रोक्न निषेध, पालिकका क्षेत्रभित्र पर्ने पूर्व पश्चिम राजमार्ग र रत्न राजमार्ग क्षेत्रको २५ मिटर भित्र राखिएका होडिङ्ग बोड हटाउन सुरु गरेको नगर प्रहरी प्रमुख विर बहादुर थापाले बताए ।

यस्ता खालका होडिङ्ग बोडले सडकमा सवारी आवात जावतमा समस्या हुन्छ भने सहरको सौन्दर्यकरण हराउने भएकाले हटाउन लागिएको थापाले वताए ।

कोहलपुर नगरपालिकाले पटक पटक सूचना समेत प्रकाशन गरिसकेको छ । पहिला सम्झाउने र नमानेमा नगर प्रहरीले कव्जा गर्छ । कोहलपुरमा भएका विभिन्न गतिविधिहरुलाई निगरानी र प्रत्येक वडामा भए/गरेका काम र शहरको सौन्दर्य बनाउन नगर प्रहरीलाई जिम्मा दिइएको नगर प्रमुख पूर्ण आचार्यले बताए ।