कोहलपुर नगरपालिकामा वर्षापिडित घरपरिवालाई राहत वितरण

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकाले वर्षा पिडित घरपरिवारलाई राहत वितरण गरेको छ । कोहलपुर नगरपालिकाका उपप्रमुख र वडा अध्यक्षहरुको संयुक्त रुपमा १५ वटै वडा मध्ये ५ वटा वडामा राहत वितरण गरिसकेको छ ।

शुक्रबार कोहलपुर नगरपालिका उपप्रमुख संगिता सुवेदी, कोहलपुर वडा नं. २ का वडा अध्यक्ष हरि कठायत, वडा नं. ८ का वडा अध्यक्ष लाल बहादुर राना, सामाजिक विकास शाखा संयोजक ईश्वरी प्रसाद विश्वकर्मा र वातावरण विपद् व्यवस्थापन शाखाका प्रमुख सुभाष पौडेलले संयुक्त रुपमा राहत वितरण गरेका थिए ।

यस्तै कोहलपुर नगरपालिका उपप्रमुख संगिता सुवेदीले तत्काल पूर्ण क्षति भएका घरपरिवारका लागि राहत वितरण गरेको बताइन् । केही दिनपछि आंशिक क्षति भएका घरपरिवारलाई राहत वितरण गर्छौ उनले भीनन्, अहिले कोहलपुर नगरपालिका वडा नं. २, ३, ४, ५ र ६ वडाका १९ जनालाई राहत वितरण गरिएको छ । क्रमशः प्रत्येक वडामा भोली राहत वितरण गर्ने उपप्रमुख सुवेदीले बताइन् ।

यस्तै वातावरण तथा विपद् व्यवस्थापन शाखाका प्रमुख सुभाष पौडेलले कोहलपुर नगरपालिकाका ५३ जना बर्षापिडित घरपरिवारलाई राहत वितरण गर्न लागिएको बताए ।

करिब १ हप्तासम्म निरन्तर वर्षाका कारणले माटोले निर्माण गरेका घरहरु भत्किएको, खान र बस्न समेत समस्या भएका घरपरिवारलाई राहत वितरण गरिएको शाखा प्रमुख पौडेलले बताए । नगरपालिकाले प्र्रति घरपरिवार एक बोरा चामल र पाँच केजी दाल राहत वितरण गरेको छ ।