Kohalpur Today Header Ads

नेपाल मेडिकल काउन्सिलले १७ चिकित्सकलाई कारबाही, ६६ जनाविरुद्ध उजुरी




काठमाडौं ।

बिरामीको उपचारमा त्रुटि गरेको ठहर गर्दै नेपाल मेडिकल काउन्सिलले पछिल्ला दुई वर्षमा १७ जना चिकित्सकलाई कारबाही गरेको छ । मेडिकल काउन्सिलको तथ्यांक अनुसार पछिल्ला दुई वर्षमा ६६ जनाविरुद्ध उजुरी परेको थियो ।

काउसिन्लका रजिष्ट्रार डा. कृष्ण प्रसाद अधिकारीका अनुसार अझै छानबिनमा क्रममा ४४ वटा उजुरीहरु छन् । ‘सबै चिकित्सकको उपचार सम्बन्धी काउन्सिलमा उजुरी परेका आधारमा १७ चिकित्सकलाई कारबाही गरिएको छ,’ अधिकारीले भने, ‘छानबिनको क्रममा ४४ वटा उजुरी बाँकी छन् ।’

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

उजुरी परेका ५ केसहरु काउन्सिलले कारबाही गरिरहनु नपर्ने ठहर गरेको छ । काउन्सिलका रजिष्ट्रार अधिकारीका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा काउन्सिलमा ४६ वटा उजुरी थियो । यस्तै, काउन्सिलमा चालु आर्थिक वर्ष अर्थात आव २०७९/८० मा २० वटा उजुरी परेको थियो । उनका अनुसार कारबाही गरिएका चिकित्सकलाई उपचारमा भएको त्रुटिका आधारमा एक वर्षसम्म खास सेवा प्रदान गर्न रोकदेखि तीन महिनासम्म निलम्बन गरिएको छ ।

‘काउन्सिलमा पर्ने उजुरी चिकित्सकको गम्भीर लापरवाही तथा बिरामीलाई राम्रोसँग नहेरिएको भन्ने लगायतका विषयवस्तु हुने गर्छन् । त्यसमा उजुरीकर्ताले डाक्टरमाथि कारवाही र क्षतिपूर्तिको कुरा उल्लेख गरिएको हुन्छ,’ डा. अधिकारीले भने, ‘उजुरी परेपछि विषय वस्तुको अध्ययन गरी ऐन,नियमको आधारमा कारबाही हुन्छ ।’

डाक्टरले जान्दाजान्दै आर्थिक प्रलोभन वा दबाबमा परेर आँखा नदेख्ने र खुट्टा सुकेका बिरामीलाई समेत निरोगिताको प्रमाणपत्र दिलाएको, नक्कली डाक्टर भएर काम गरेको, छोरा जन्माइदिने भन्दै बिरामीको भावनामा खेलबाड गर्दै अनावश्यक औषधि चलाएको जस्ता उजुरीहरु बढि पर्ने गरेको काउन्सिलले जनाएको छ ।

क्लिनिक देखि ठूला अस्पताल, सरकारी गैरसरकारी र निजी क्षेत्रका नयाँ देखि पुराना अस्पताल सबैमा कार्यरत चिकित्सकविरुद्ध उजुरी परेको डा. अधिकारीले बताए ।

स्वास्थ्य क्षेत्रमा भएको प्रविधिको विकास, विशेषज्ञ जनशक्तिको पर्याप्तता र स्वास्थ्य संस्थाको उचित व्यवस्थापनसँगै उपचारमा डाक्टरले गर्ने गल्ती घट्नुपर्ने जानुपर्ने हो । तर, यस्ता घटनाले बिरामीको चिकित्सकप्रति विश्वास घट्दै गएको देखिन्छ । जसका कारण अस्पताल तोडफोडदेखि चिकित्सकमाथि आक्रमणका घटना घटिरहेका छन् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ असोज २८ गते शुक्रबार