Kohalpur Today Header Ads

कोहलपुर बसपार्कमा भएका टहरा हटाउने सम्बन्धी पूनः सर्वदलिय बैंठक




कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका-११ बसपार्कमा रहेका टहरा हटाउने सम्बन्धी पुनः सर्वदलिय बैंठक बसेको छ ।

शुक्रबार सर्वदलिय बैंठकमा विभिन्न राजनितिक दलका प्रतिनिधि, जनप्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, पत्रकार लगायतको टिमले भदौ १५ गतेको सर्वदलीय/सर्वपक्षीय बैठकको निर्णयलाई नै कार्यान्वयन गर्ने भनी पुनः निर्णय गरेको छ ।

LIfe Ok

बैठकमा बोल्ने अधिकांश बक्ताहरुले कानूनी प्रक्रिया पुरा भैसकेको र मानवियता समेत देखाइसकेकोले अब बल प्रयोग गर्नुको विकल्प नरहेको बताए ।

तर राष्ट्रिय जनमोर्चाका नगर अध्यक्ष भिम प्रसाद देवकोटाले भने चौराह हटाउने बेला आ-आफ्नो पार्टीले जिम्मा लिएको जस्तै गरी बसपार्कमा पनि आ-आफ्नो पार्टीले जिम्मा लिई खाली गर्न सक्ने बताए ।

बसपार्कमा रहेका व्यापारीहरुले समेत आफ्नो पक्षमा पार्नका लागि अदालतमा मुद्धा दायर गरेपनि नगर विकासको पक्षमा फैसला गरिसकेको छ । कोहलपुर नगर विकास समितिले प्रत्येक घरघरमा सूचना टाँस तथा विभिन्न सञ्चार माध्यममा समेत सूचना प्रकाशन तथा प्रसारण गरिसकेको छ ।

बैंठकमा कोहलपुर नगरपालिका प्रमुख, उपप्रमुख, कार्यपालिका सदस्य, वडा अध्यक्ष, नेपाली काँग्रेसका नगर सभापति विरेन्द्र कुमार शाह, नेकपा (माओवादी केन्द्र)का नगर इन्चार्ज बल बहादुर खड्का, नेपाली काँग्रेसका नगर सचिव गोविन्द वाग्ले, जिल्ला प्रशासनबाट टोपेन्द्र बहादुर केसी, जिल्ला प्रहरी कार्यालयबाट राम प्रसाद धर्ति मगर, इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी ऐन बहादुर मल्ल, उवासंघ केन्द्रिय सदस्य चक्र अधिकारी, उवासंघ कोहलपुरका अध्यक्ष लक्ष्मणराज पौडेल, राप्रपा नेपाल कोहलपुर नगर अध्यक्ष प्रभात कुमार श्रेष्ठ, नेपाल समाजवादी पार्टीका नगर अध्यक्ष बुद्ध सुनार र पत्रकार डिल्ली शाही लगायत अन्य पार्टीका प्रतिनिधिहरु समेत उपस्थिति रहेको थियो ।

जसमा अन्य सबै दलका प्रतिनिधिहरु आएका थिए भने एमालेका प्रतिनिधि र बसपार्क सुधार समितिका अध्यक्ष समेत बैंठकमा आएका थिएनन् ।

कोहलपुर नगरपालिका प्रमुख पूर्ण प्रसाद आचार्यले कानूनी सबै पक्रिया पुरा भैसकेको र अब हटाउनका लागि प्रशासनको सहयोग आवश्यक रहेको बताए । ‘अझै असोज ३१ गतेसम्म सूचना जारी गछौं, उनले भने, ‘त्यसपछि कार्तिक १ गते सबै टहराहरु भत्काउने र आफ्नो योजना अगाडि सार्नेछौं ।’ त्यसको लागि सबै कोहलपुर नगरबासी, केन्द्रदेखि प्रदेशका नेता तथा सबै बुद्धिजीवीहरुलाई टहरा हटाउने विषयमा साथ र सहयोग गर्न अनुरोध समेत गरेका छन् ।

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ असोज २८ गते शुक्रबार