Kohalpur Today Header Ads

समाज सेवा संस्थाद्धारा आँखा र कान शिविर, ३ सय बढि जना लाभान्वित




कोहलपुर ।

कोहलपुर नगरपालिका-३ मैटहवामा भएको आँखा र कान शिविरबाट ३ सय ७ जनाले सेवा लिएका छन् । बिहिबार कोहलपुर नगरपालिका वडा नं. ३ कार्यालयको सहकार्य, समाज सेवा संस्था नेपालको आयोजना, व्रिनोज कान स्वास्थ्य स्याहार केन्द्र र भिजन आँखा अस्पतालको प्राविधिक सहयोगमा कार्यक्रमको आयोजना गरिएको हो ।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

यस्तै समाज सेवा संस्था नेपालका अध्यक्ष विनोद थापाले कोहलपुरका जेष्ठ नागरिकहरुको लागि १५ वटै वडामा आँखा र कान शिविर सञ्चालन त्रमशः सञ्चालन गरिरहेकाे बताए ।  जसमा क्रमशः १४, ७, ८, २ र ३ वडामा शिविर सञ्चालन गरिसकेका छौं, आज ४ नम्बर वडामा नेपाल राष्ट्रिय प्राथमिक विद्यालय बेलनपुरमा शिविर सञ्चालन गरिने संस्थाका अध्यक्ष थापाले बताउनुभयो ।

थापाका अनुसार शिविरबाट चेकजाँच गरी समस्या देखिएका र अप्रेशन गर्नुपर्ने देखिएका विरामीहरुलाई ६५ प्रतिशत छुटमा उपचार हुनेछ । शिविरमा २ सय २५ जनाले आँखा चेकजाँच गराएका थिए भने जसमा ३० जनाको अप्रेशन गर्नुेपर्ने देखिएको छ भने ८२ जनाले कानको चेकजाँच गराएका थिए भने जसमा ६ जनाले अप्रेशन गर्नुपर्ने देखिएको संस्थाका अध्यक्ष थापाले बताउनुभयो । शिविरमा भिजन अस्पताल र व्रिनोज कान स्वास्थ्य स्याहार केन्द्रका डाक्टरहरुले चेकजाँच गरेका थिए ।

कोहलपुर नगरपालिका वडा नं. ३ का वडा सदस्यहरुले सहजिकरण गर्नुभएको थियो । भिजन अस्पताल र व्रिनोज कान स्वास्थ्य स्याहार केन्द्रका डाक्टरहरुले आँखा तेजिलो बनाउन घरेलु उपचार पनि गर्न सकिन्छ ।

जसका लागि राति अमला भिजायर कपासको मदतले आँखामा दुई थोपा हाल्ने, अनिदो नबस्ने, भटमासका परिकार खाने, गेडागुडीको टुसा उमारेर बिहानको नास्तामा खाने र पल्टियर लामो समय सम्म टिभि नहेर्ने जस्ता सुझाव दिएका थिए । शिविर बिहान १० बजेदेखि साँझ ५ बजेसम्म चल्नेछ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ असोज २८ गते शुक्रबार