नेपाली कांग्रेसले रुकुम पश्चिममा प्रतिनिधि सभा र प्रदेश सभामा टिकट नपाउनु दुखद हो । कार्यकर्ता र समर्थकलाई दुखी हुनु स्वाभाविक हो तर बाम-लोकतान्त्रिक गठबन्धनको केन्द्रीय नितिलाई मान्नु कुनै अस्वभाविक होइन ।
रुकुम पश्चिममा काँग्रेसले कुनै पनि सिट नपाउनु माओवादीको कारण होइन । कांग्रेसका नेताहरुले आफ्नो केन्द्रीय नेत्तृत्वलाई विश्वास दिलाउन नसक्नु हो। यदि काँग्रेसको केन्द्रीय नेत्तृत्वले रुकुम पश्चिममा एक प्रदेश सभाको सिट अनिवार्य हुनुपर्छ भनेको भए माओवादीको मात्र निर्णय लागु हुदैन्थ्यो ।
माओवादीले बढी सिट लिन खोज्ने र काँग्रेसले पनि बढी सिट लिन खोज्ने कुरा स्वभाविक हो । काँग्रेसको केन्द्रीय नेत्तृत्वको प्राथमिकतामा रुकुम पश्चिम परेन । सबैलाई थाह पाएकै कुरा हो कुनै पनि पार्टीमा टिकट पाउन नातेदार,पैंसावाल,ठेगेदार,गुण्डा र डन हुनुपर्छ त्यस्तो खालको नेता रुकुम पश्चिममा भएनन् अनि प्राथमिकतामा परेनन्। अहिलेको ब्यबस्थामा राजनिति गर्न नातेदार, अर्बपति जो पैंसा खर्च गर्न सक्छ,डन र गुण्डा छ उसले हो टिकट पाउने।
कांग्रेस रुकुमका कार्यकर्ता र समर्थक नआत्तिए हुन्छ।पहिला आफ्नो संगठन बलियो बनाउनु होस कुनै न कुनै दिन पालो आईहाल्छ। कार्यकर्ताले रुकुमका नेताहरु लाई गालि नगर्नुहोस् किनकी राजनिति जोगी बन्नलाई कसैले गर्दैन।
केन्द्रीय नेत्तृत्वले उमेद्वारी तान्ने भनेपछि राजनीती गर्ने नेताहरुले उमेद्वारी तान्नु स्वभाविक हो।निति बिधि नमान्ने नेता र कार्यकर्ता भएपछि पार्टी कसरी चल्छ र ? केन्द्रीय पार्टीको निर्णय नमानेर रुकुम पश्चिम छुट्टै राजनिति गर्न सक्छ र ? सक्दैन। अनावश्यक तनाब र आवेगमा बोलेर रुकुम कांग्रेसका नेताहरु लाई गालि गर्नु उपर्युक्त होइन। पार्टीको निति मान्नु रुकुम कांग्रेस नेत्तृत्वको इमान्दारिता र बाध्यता हो भन्ने मेरो बुझाइ हो ।
डिल्ली डांगी
(राजनीतिक विश्लेषक)
रुकुम पश्चिम
प्रतिक्रिया दिनुहोस्