कोहलपुर ।
कोहलपुर नगरपालिका-२ मा आँखा र कान शिविरबाट २ सय ९५ जनाले सेवा लिएका छन् ।
बुधबार कोहलपुर नगरपालिका वडा नं. २ कार्यालयको सहकार्य, समाज सेवा संस्था नेपालको आयोजना, व्रिनोज कान स्वास्थ्य स्याहार केन्द्र र भिजन आँखा अस्पतालको प्राविधिक सहयोगमा कार्यक्रमको आयोजना गरिएको हो ।
यस्तै कोहलपुर नगरपालिका वडा नं. २ का वडा अध्यक्ष हरि कठायतले संसार देख्ने आँखा र सबैसंग सञ्चार गर्ने कान अति आवश्यक अंग हुन त्यसैले जहिले पनि सुरक्षित र सफा राख्नुपर्नेमा जोड दिएका थिए ।
कठायतका अनुसार आँखा तेजिलो बनाउन घरेलु उपचार पनि गर्न सकिन्छ । जसका लागि राति अमला भिजायर कपासको मदतले आँखामा दुई थोपा हाल्ने, अनिदो नबस्ने, भटमासका परिकार खाने, गेडागुडीको टुसा उमारेर बिहानको नास्तामा खाने र पल्टियर लामो समय सम्म टिभि नहेर्ने जस्ता वडा अध्यक्ष कठायतले सुझाव दिएका थिए ।
यस्तै समाज सेवा संस्था नेपालका अध्यक्ष विनोद थापाले कोहलपुरका जेष्ठ नागरिकहरुको आँखा र कानको समस्यालाई शिविरले बढि फोकस गरिएको बताए । केही दिन पहिले १४, ७, ८ र ९ वडामा शिविर सञ्चालन गरिसकेका छौं, आज २ नम्बर वडामा शिविर सञ्चालन गरेको संस्थाका अध्यक्ष थापाले बताउनुभयो ।
यस्तै शिविरमा २ सय जनाले आँखा चेकजाँच गराएका थिए भने जसमा २५ जनाको अप्रेशन गर्नुेपर्ने देखिएको छ भने ९५ जनाले कानको चेकजाँच गराएका थिए भने जसमा १८ जनाले अप्रेशन गर्नुपर्ने देखिएको छ । शिविरमा भिजन अस्पताल र व्रिनोज कान स्वास्थ्य स्याहार केन्द्रका डाक्टरहरुले चेकजाँच गरेका थिए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्