कोहलपुर । बांके जिल्लाको निजि विद्यालयको साझा संगठन प्याब्सन बांकेले तीनदिन देखि परेको लगातार झरिको कारण विपदमा परेका परिवार एवम् आ नागरिकको लागि सहयोग गर्न आग्रह गरेको छ । प्याव्सन बांकेका अध्यक्ष यम रावतले आफ्नो फेसबुक वालबाट प्याव्सन अन्तर्गतका विद्यालयमा बस्नको लागि बांके जिल्लाका निजि विद्यालयका संचालक लाई अनुरोध गरेका छ्न । उनले गरेको अनुरोधको पुर्ण विवरण यस्तो छ । संचालक आदरणीय सन्चालक मित्र हरु
प्याब्सन सदस्य बिधालय बांके ।
अत्यधिक बर्षाका कारण बाँके जिल्लाका धेरै स्थान मा डुवान पर्न गएको जानकारी प्राप्त भएको छ यो विपदको समयमा आम नागरिक लाई सुरक्षित राख्नका लागि हाम्रा विद्यालयमा बस्ने व्यवस्था एवं जुनसुकै सहयोग हरु उपलब्ध गराई सहयोग गरिदिनु हुन सबैमा हार्दिक अनुरोध गर्दछु ।
यम रावत
अध्यक्ष
प्याब्सन बाके
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।














प्रतिक्रिया दिनुहोस्