सल्यानमा गाडी दुर्घटना: एकै घरका अंकलभतिजीको घटनास्थलमै मृत्युु, १६ जना घाइते, १ जना काेहलपुर लगियाे

 शुदाम शर्मा । सल्यान

सल्यानमा गाडी दुर्घटना हुँदा २ जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।

शनिबार कुमाख गाउँपालिका वडा नं.७ जिमाली पातिहाल्न चिसापानीमा भएको रा १ ज ५९८ नम्बरको जीप दुर्घटनामा परि २ जनाको मृत्युु भएको हो ।

जिमाली डुमकोट निवासी अन्दाजी ३९ बर्षिय मान वहादुर पुन र १४ बर्षिया एनका पुन रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । उनिहरु एउटै घरका अंकल भतिजी हुन् ।

घाइते हुनेमा जिप चालक सल्यान कुमाख गाउँपालिका ३ चिनालीका अन्दाजी २३ वर्षीय अर्जुन मगर, वडा न ७ का १५ वर्र्षीय तिलक गोसाई, ४९ वर्षीय गंग बहादुर पुन, २३ वर्षीया अनिता पुन, उहाँको ६ वर्षीय छोरा जीवन पुन, २० वर्षीया झुपा पुन, ३६ वर्षीया शुसिला पुन रहेका छन् ।

यस्तै कुमाख गाउँपालिका ३ चिनालीका ४१ वर्षीय दन्नी ओली, राम्रीकी १९ वर्षीया रुपा रावत, २० वर्षीय लोकेन्द्र ओली, वडा न ७ डुमकोटका २ वर्षीय सन्देश पुन, हेमराज पुन, १५ वषीय भरत पुन, ३६ वर्षीया भूमि पुन,  ६ महिनाको छोरी र जिमाली ७ बस्नेत १३ वर्षीया प्रतिभा पुन घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिनुभयो ।

घाइते १६ जनाको बागचौर स्थित जनप्रिय पोलिक्लिनिक र सहज पोलिक्लिनिकमा उपचार भइरहेको छ भने गम्भीर घाइते सुनिताको सल्यान जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाई छ ।

दुर्घटनामा गम्भिर घाइते भएकी अन्दाजी २३ वर्षीया सुनिता बोहरा पुन मगरलाइ उपचारकाे लागि काेहलपुर ल्याइएकाे छ ।

तस्विर : प्रदिप कुमाइ