एनआईसी बैक बाँसगढीद्धारा १० लाख बीमा रकम हस्तान्तरण

रावन विश्वकर्मा, बर्दिया

एन.आई.सी एशिया बैंक बाँसगढी शाखाले सर्वश्रेष्ठ स्थानिय बचत खाताको बीमा सुरक्षण योजना अन्तर्गत १० लाख बीमा रकम हस्तान्तरण गरेको छ । बंैकको बाँसगढी शाखामा सर्वश्रेष्ठ स्थानिय बचत खाता खोलेका ज्ञानराज थारुको दुर्घटनामा मृत्यु भए पछि बचत सँगै बीमा फाईदाको सुविधा अन्तर्गत मृतकको परिवारलाई १० लाखको चेक हस्तान्तरण गरेको हो ।

शुक्रबार एक कार्यक्रमका विच एनआईसी एशिया बैक बाँसगढी शाखा प्रमुख शिशिर शर्माले मृतक थारुकी श्रमती अनुमति थारुलाई १० लाख रकमको चेक हस्तान्तरण गर्नुभएको थियो । बैकको सर्वश्रेष्ठ स्थानिय बचत खाता योजना अन्तर्गत नेपाल इन्स्योरेन्स सँगको सहकार्यमा बीमा बापतको रकम खातावालको परिवारलाई प्रदान गरिएको एन.आई.सी एशिया बैंक शाखा कार्यालय बाँसगढी बर्दियाले जनाएको छ ।

बैकको बचत खातामा उपलब्ध बीमा सुरक्षण योजना अन्तर्गत हाल सम्म देशभरका १ हजार ८ सय ६४ बढी ग्राहकहरुले घातक रोग बीमा बापत २ करोड ९० लाख, दुर्घटना बीमा बापत १ करोड १० लाख रुपैयाँ मेडिकल बीमा बापत ३ करोड ४३ लाख गरी हाल सम्म कुल ७ करोड ४३ लाख रुपैयाँ बढी बीमा रकम प्राप्त गरिसकेको बैंकले जनाएको छ ।

नेपालको बैंकिङ क्षेत्रमा पहिलो पटक २४ सर्वश्रेष्ठ फाइदा सहित सञ्चालनमा ल्याइएको सर्वश्रेष्ठ स्थानीय वचत खातामा अन्य बचत खातामा भन्दा १० गुणा बढी फाइदाहरू रहेका छन् । जसमा ३ बीमा सम्बन्धी कुल ८४ लाख रुपैयाँसम्मको बीमा फाइदाहरु, सर्वाधिक उच्च ब्याजदर, ३ कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू गरी कुल २४ सर्वश्रेष्ठ फाईदाहरु समावेश रहेका छन् । ३ बीमा अन्तगर्त १८ वटा घातक रोगहरुको बीमा, दुर्घटना बीमा र मेडिकल बीमा छन् ।