Kohalpur Today Header Ads

एनआईसी बैक बाँसगढीद्धारा १० लाख बीमा रकम हस्तान्तरण




रावन विश्वकर्मा, बर्दिया

एन.आई.सी एशिया बैंक बाँसगढी शाखाले सर्वश्रेष्ठ स्थानिय बचत खाताको बीमा सुरक्षण योजना अन्तर्गत १० लाख बीमा रकम हस्तान्तरण गरेको छ । बंैकको बाँसगढी शाखामा सर्वश्रेष्ठ स्थानिय बचत खाता खोलेका ज्ञानराज थारुको दुर्घटनामा मृत्यु भए पछि बचत सँगै बीमा फाईदाको सुविधा अन्तर्गत मृतकको परिवारलाई १० लाखको चेक हस्तान्तरण गरेको हो ।

शुक्रबार एक कार्यक्रमका विच एनआईसी एशिया बैक बाँसगढी शाखा प्रमुख शिशिर शर्माले मृतक थारुकी श्रमती अनुमति थारुलाई १० लाख रकमको चेक हस्तान्तरण गर्नुभएको थियो । बैकको सर्वश्रेष्ठ स्थानिय बचत खाता योजना अन्तर्गत नेपाल इन्स्योरेन्स सँगको सहकार्यमा बीमा बापतको रकम खातावालको परिवारलाई प्रदान गरिएको एन.आई.सी एशिया बैंक शाखा कार्यालय बाँसगढी बर्दियाले जनाएको छ ।

LIfe Ok

बैकको बचत खातामा उपलब्ध बीमा सुरक्षण योजना अन्तर्गत हाल सम्म देशभरका १ हजार ८ सय ६४ बढी ग्राहकहरुले घातक रोग बीमा बापत २ करोड ९० लाख, दुर्घटना बीमा बापत १ करोड १० लाख रुपैयाँ मेडिकल बीमा बापत ३ करोड ४३ लाख गरी हाल सम्म कुल ७ करोड ४३ लाख रुपैयाँ बढी बीमा रकम प्राप्त गरिसकेको बैंकले जनाएको छ ।

नेपालको बैंकिङ क्षेत्रमा पहिलो पटक २४ सर्वश्रेष्ठ फाइदा सहित सञ्चालनमा ल्याइएको सर्वश्रेष्ठ स्थानीय वचत खातामा अन्य बचत खातामा भन्दा १० गुणा बढी फाइदाहरू रहेका छन् । जसमा ३ बीमा सम्बन्धी कुल ८४ लाख रुपैयाँसम्मको बीमा फाइदाहरु, सर्वाधिक उच्च ब्याजदर, ३ कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू गरी कुल २४ सर्वश्रेष्ठ फाईदाहरु समावेश रहेका छन् । ३ बीमा अन्तगर्त १८ वटा घातक रोगहरुको बीमा, दुर्घटना बीमा र मेडिकल बीमा छन् ।

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ असोज १५ गते शनिबार