कोहलपुरमा लाहुरे रेष्टुरेण्ट तोडफोड




कोहलपुर ।

कोहलपुर नगरपालिका-११ चाैराह नजिकै रहेका लाहुरे रेष्टुरेण्ट एण्ड बार तोडफोड भएको छ ।

गएराती करिब १ बजेतिर अज्ञात समूहहरुले तोडफोड गरेका छन् । लाहुरे रेष्टुरेण्ट एण्ड बारका सञ्चालक प्रेम बहादुर शाहीले बोर्ड, बेन्च, टायल, ढोकाहरु तोडफोड भएको बताउनुभयो ।

केही समयपछि अर्को पसलको ताला समेत तोडफोड भएको छ । तर पसलबाट के के सामान चोरी भएको भन्ने खुलेको छैन ।

इलाका प्रहरी कार्यालयका प्रमुख ऐन बहादुर मल्ले अनुसन्धान गरिरहेका छौं तोडफोड गर्ने व्यक्तिहरु पक्राउ गर्ने बताउनुभयो ।

२४  सै घण्टा चाैराहमा प्रहरीले डिउटी गरिरहकाे हुन्छ तर ताेडफाेड हुन प्रहरी ध्यान नदिएकाे हुनसक्ने स्थानियहरूलेे बताएका छन्र ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ असोज १४ गते शुक्रबार