कोहलपुरका मासु पसलहरुमा अनुगमन




कोहलपुरमा ।

बाँकेको कोहलपुर नगरपालिकामा मासु पसलहरु अनुगमन गरिएको छ । बिहिबार कोहलपुर नगरपालिका, कोहलपुर उद्योग वाणिज्य संघ, इलाका प्रशासन, इलाका प्रहरी र पत्रकारहरुको टोलिले साझा चोक आसपासका ११ मासु पसलहरु अनुगमन गरेको हो ।

अधिंकाश पसलहरुमा मूल्यसूची राखिएको थिएन भने केही पसलहरुमा भने सिसा, जाली नलाई खुल्ला रुपमा मासु बिक्रि वितरण गरेको पाइएको छ ।

नजिकिँदै गरेको दशैं, तिहार साथै छैठ पर्वमा आम उपभोक्ताहरुले ताजा, सफा र शुद्ध माछा मासु उचित मुल्यमा खरिद गर्न पाउन भन्ने उद्देश्यले बजार अनुगमन गरिएको कोहलपुर नगरपालिकाका आर्थिक विकास शाखाका प्रमुख विर बहादुर विकले बताउनुभयो ।

खुल्ला रहेका करिब १० वटा मासुका पसलहरुमा मूल्य सुचि नराखिएको, प्रमाण–पत्र नभएका भएपनि नविकरण नगरेको पाइएको थियो । अधिकांशले मासु डिपफ्रिजमा राखेका थिए । उपभोक्तालाई उचित मूल्यमा र गुणस्तरिय सामान विक्रि गर्नुपर्छ र बजारलाई नियन्त्रण गर्न जरुरी भएकोले बजार अनुगमन गरिएको उद्योग वाणिज्य संघका प्रतिनिधि पवित्रा ढकालले बताउनुभयो ।

उपभोक्ताहरुले अनुगमन महिनामा २ देखि ३ पटक हुनुपर्छ । चाडवाड नजिकिन्छ अनि अनुगमन गरेर केहिदिन समान राम्रो बेचेपनि व्यापारीहरुले फेरी केहि दिनमा उही गुणस्तहिन सामान खरिद बिक्रि गर्ने गरिरहेको गुनासो गरेका थिए ।

कोहलपुर ११ का मधु चौधरीले भन्छिन् ‘अनुगमन भएको अत्यन्तै राम्रो हो, हामी उपभोक्ताहरुका लागि गुणस्तरीय र उचित मापदण्डमा समान उपभोग गर्न पाउछौं ।’ चाडवाडमा मात्र हुने अनुगमनले खासै व्यवसायीहरुमा सुधार नआउने उनको भनाई छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ असोज १४ गते शुक्रबार