काेहलपुरमा राहदानी लिनेको संख्या बढ्दै

कोहलपुर।

कोहलपुरमा राहदानी लिनेको संख्या बढ्दै गएको छ । इलाका प्रशाससन कार्यालय कोहलपुरका अनुसार अघिल्लो वर्षका महिनाको तुलनामा यस वर्षको तीन महिनामा नै राहदानी लिनेको संख्या अत्याधिक भएको बढेको जानकारी दिएको छ ।

कार्यालयबाट प्राप्त जानकारी अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा १ हजार ६ सय ५६ जनाले राहदानी लिएका थिए । तर अहिले चालू आर्थिक वर्षको तीन महिना भित्र १ हजार २ सय २१ जनाले राहदानी लिएका छन् । झण्डै यो संख्या तिन तिहाई रहेको छ ।

गत आव २०७८/७९ मा सो कार्यालयबाट १ हजार ६ सय ५६ जनालाई राहदानीका लागि सिफारिस भएको थियो भने सबै वितरण भइसकेको इलाका प्रशासन कार्यालयका प्रमुख काँसी प्रसाद पंगेनीले बताउनुभयो ।

उहाँका अनुसार गत आर्थिक वर्षमा राहदानी लिनेको संख्या भन्दा तिन तिहाई बढि बृद्धि भएको छ । चालू आर्थिक वर्षको साउनदेखि असोज १३ गतेसम्मको तथ्यांक अनुसार १ हजार २ सय २१ जनाको राहदानी बनिसकेको छ भने थप ८ जनाको राहदानी बन्ने पक्रियामा रहेको इलाका प्रशासन कार्यालयका प्रमुख पंगेनीले बताउनुभयो ।