कोहलपुर ।
बाँकेको कोहलपुर गोलपार्कमा रहेको शारदा पोेलिक्लिनिकले मुटु दिवसको अवसरमा २ सय बढिलाई निःशुल्क परामर्श सेवा प्रदान गरेको छ । मुटु दिवस विश्वभर विभिन्न कार्यक्रम गरेर मनाइन्छ ।
विश्व मुटु फेडेरेशन र विश्व स्वास्थ्य संगठनले सन् २००० देखि सेप्टेम्बरको अन्तिम आइतबारलाई विश्व मुटु दिवसका रुपमा मनाउन थाले पनि सन् २०१२ देखि सेप्टेम्बर २९ लाई विश्व मुटु दिवसका रुपमा मनाउने गरिएको छ ।
शारदा पोेलिक्लिनिका प्रबन्धक निर्देशक सफल विकले मुटु दिवसको अवसरमा औपचारीक कार्यक्रम गरी २ सय १८ जनालाई निःशुल्क परामर्श सेवा प्रदान गरेको बताउनुभएको छ ।
नेपालगञ्ज मेडिकलल कलेजमा लामोसमयदेखि गुणस्तरीय सेवा दिँदै आइरहेका फिजिसियन डा. श्याम विकले निःशुल्क परामर्श सेवा प्रदान गर्नुभएको हो । फिजिसियन डा. विकले व्यस्त जीवनशैली, प्याकेटका खानेकुराहरूको अत्याधिक प्रयोग, अशुद्ध खानेकुराहरु, प्रशोधीत अनि केमिकलजन्य उपभोग्य सामाग्रीहरूको प्रयोग, तनावपूर्ण जीवनशैली, अस्वस्थ प्रतिस्पर्धा अनि प्रकृतीसंगको दुरीका कारण आज हामी सबैजना हृदयरोगको सम्भावित जोखिममा बढेको बताउनुभयो ।
उहाँका अनुसार साना नानीहरुलाई मुटुलाई खराब गर्ने खानपान र रहनसहनबाट टाढै राख्नुपर्छ । यो रोगको रोकथाम गर्न साना नानीदेखि नै राम्रो खाना, खेलकुद, फलफूल खाने, चिल्लो नखाने, नुन कम, व्यायाम, सुर्तीजन्य पदार्थ पूरा बञ्चित गर्ने, रक्तचाप, मधुमेह, वजन, मानसिक तनाव नियन्त्रणमा राख्ने, ध्यान प्राणायाम गर्ने, संगीत सुन्ने, दिक्क भएर नबस्ने, लोभ नगर्ने, ईष्र्या नगर्ने, सबैको भलो गर्ने बानी बसालेमा मुटु रोग सँगसँगै अरु पनि धेरै रोगले सताउन नसक्ने जिकिर गरे ।
त्यसकारणले धुमपान तथा मध्यपान सेवन नगर्ने, चिल्लो, पिरो बोसो, भुटेका तारेका खानेकुरा नखाने, सकभर मासु कम खाने, सागपात खाने र दैनिक शारिरीक व्यायम गर्ने हो भने मुटु रोगबाट बच्न सकिने फिजिसियन डा. विकले बताउनुभयो ।
यस्तै शारदा पोलिक्लिनिकका प्र्रबन्धक निर्देशक सफल विकले कार्यक्रममा बोल्दै विश्वमा हरेक वर्ष मुटु सम्बन्धि रोगका कारण १७ लाख भन्दा बढिको मृत्यु हुने गरेको बताउनुभयो ।
नेपालमा नागरिकलाई सहज हुने ठाउँमा मुटु रोग सम्बन्धी उपचार सेन्टर नहुँदा कोहलपुरमा निकै समस्या हुने गरेको शारदा पोलिक्लिनिकका प्र्रबन्धक निर्देशक विकले बताउनुभयो ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्