नरैनापुरमा दशैँको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न




बाँके । 

बाँकेको नरैनापुर गाँउपालिकाले बिहिबार दशै मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । नरैनापुरका प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालको अध्यक्षतामा सम्पन्न कार्यक्रम मा बोल्दै प्रमुख प्रशासकिय अधिकृत खरालले समाज रुपान्तरणका लागि कुराभन्दा काम गर्न अझै बाँकी रहेको बताउनुभयो ।

हरेक ब्यक्तिले आफ्नो क्षमता वृद्धि सगै आर्थिक शसक्तिकरनका लागि कदम उठाउन अत्ययनत आवश्यक रहेको खरालले जिकिर गर्नु भएको थियो ।

यसैगरी कार्यक्रम बोल्दै वडा नं. ४ का अध्यक्ष मनोज शर्माले शक्तिकी देबि दुर्गा माताले हरेक महिलाहरुलाई शक्तिका साथै हरेक नागरिकहरुको उत्थानका लागि काम गर्ने प्रेरणाका साथै शक्ति प्रदान गरून् भन्दै दशैको शुभकामना दिनु भएको थियो ।

वडा नं. ६ का अध्यक्ष प्रेम मौर्यले हिन्दु धर्मावलम्बीहरुको महत्वपूर्ण पर्व बडा दशैले हरेक नागरिकलाइ खुसी,उमङताका साथै आर्थिक भारकै कारणले दशै कसैका लागि दशा नबनोस साथै आफ्नो गक्ष अनुसार पर्बलाइ हरेकले भित्र्याउन सफल हुन सकुन भन्दै दशैको शुभकामना व्यक्त गर्नु भएको थियो ।

यसैगरी जिन्सी शाखाका प्रमुख भरत महतोले दशै पर्बमा दुर्गामाताले हरेक नागरिकलाई आर्दश मुल्य मान्यता शुसासन जस्ता कुराको पालना गर्ने सत्बुद्धि देउन भन्दै दशैको शुभकाना दिनु भएको थियो । शुभ कामना अदान प्रदान कार्यक्रमका नरैनापुर पालिका अन्तरगत शिक्षा, स्वास्थ्य, महिला विकास, पशु लगायत शाखाका प्रमुख प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ असोज १३ गते बिहीबार