वडा कार्यालयमा चुरोट तान्दै वडा सचिव !




काठमाण्डाैं ।

बझाङको एउटा वडाका सचिवले कार्यालयमै चुरोट तान्दै गरेको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

जयपृथ्वी नगरपालिका वडा नम्बर १ कैलाशका सचिव अजय सिंहले चुरोट तान्दै गरेकाे तस्बिर भाइरल भएको हो ।

सचिव सिंहले वडामा सेवाग्राही आउँदा पनि झर्किने भनेको काममा ढिलासुस्ती गर्ने गरेको स्थानीयको गुनासो छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ असोज १३ गते बिहीबार