कोहलपुरमा ट्राफिक आवागमन व्यवस्थापन गर्न ‘सवारी रोक्न निषेध’ बोर्ड हस्तान्तरण

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकाले ट्राफिक आवागमन व्यवस्थापन गर्नका लागि ‘सवारी रोक्न निषेध’ बोर्ड ट्राफिक कार्यालयलाई हस्तान्तरण गरेको छ ।

बुधबार कोहलपुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख विरेन्द्र कुमार शाहले कोहलपुरमा ट्राफिक आवागमन व्यवस्थापनका लागि ८ वटा ‘सवारी रोक्न निषेध’ बोर्ड ट्राफिक कार्यालय बाँकेका प्रहरी नायव निरिक्षक पुरुषोत्तम पौडेललाई हस्तान्तरण गर्नुभएको छ ।

असोज ७ गते भएको सुरक्षा कार्यदलको बैंकठको निर्णय अनुसार कोहलपुर चौराहको वरिपरी ५ सय मिटर क्षेत्रफलमा सवारी साधन रोक्न निधेष गर्ने निर्णय गरेको थियो ।

कोहलपुर नगरपालिकाका कार्यवाहक नगर विरेन्द्र कुमार शाहले यात्रुहरुको सहजताका लागि ‘सवारी रोक्न निषेध’ बोर्ड हस्तान्तरण गरिएको बताउनुभएको छ । कोहलपुर चौैराहमा यात्रुहरुलाई रातको समयमा ओराल्ने र चढाउने भएकोले सुरक्षा चूनौती बढेको हुनाले यस्तो निर्णय गर्नुपरेको शाहले बताउनुभयो ।

यस्तै ट्राफिक कार्यालय बाँकेका प्रहरी नायव निरिक्षक पुरुषोत्तम पौडेलले काेहलपुर चाैराह वरीपरी ५ सय मिटर सवारी साधन राेक्न निधेष गर्ने बाेर्ड हस्तान्तरण गर्नुभएकाे बताउनुभयाे  । पाैडेलका अनुसार भाेलिदेखि काेहलपुर चाैराहमा दिन र रातकाे समयमा काेहलपुर चाैराह वरीपरी ५ सय मिटर सवारी साधन राेक्न पाउने छैनन ।