कोहलपुर नगरपालिकाको बजार अनुगमन : कपडा व्यवसायीको दररेटमा पारदर्शी छैन

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकाले अनुगमन सुरु गरेको छ । नेपालीहरुमो महान पर्व दशै तिहारलाई लक्षित गरी व्यवसायीहरुले मनपरी मुल्य लिएको सूचनाका आधारमा कोहलपुर नगरपालिकाले अनुगमन गर्न थालेको छ ।

बुधबार कोहलपुर बजार क्षेत्रका ८ वटा कपडा पसलहरुमा अनुगमन गरिएको थियो जसमा अधिकांश पसलहरुमा मुल्यसूची नै राखिएको थिएन् । कतिपय पसलहरु नगरपालिकामा दर्ता समेत नगरेको पाइएको थियो ।

कोहलपुर नगरपालिकाका आर्थिक विकास समितिका संयोजक ईश्वरी विश्वकर्माको संयोजकत्वमा गएको टोलीले यस्तो फेला पारेको हो । संयोजक विश्वकर्माले सबै कपडा व्यवसायीहरुलाई मूल्यसूची राख्न र नगरपालिकामा फार्म दर्ता गर्न अनुरोध गरेका थिए ।

यस्तै कोहलपुर नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख विर बहादुर बि.क.ले उपभोक्ताहरु नठगिउन भन्नका लागि अनुगमन गरिएको बताए । कोहलपुरका सबै मासु पसल, किराना पसल, होटल लगायत विभिन्न क्षेत्रमा अनुगमन निरन्तरता दिने शाखा प्रमुख विकले जानकारी दिए ।

अनुगमनमा इलाका प्रशासनबाट कालि बहादुर राना, कोहलपुर उद्योग बाणिज्य संघबाट पवित्रा ढकाल र इलाका प्रहरी कार्यालयबाट प्रतिनिधिहरुकोे उपस्थिति रहेको थियो ।