शुदाम शर्मा, सल्यान ।
सल्यानको कपुरकोट गाउँपालिका –३ वनस्पती नजिकै जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अधिकांस कपुरकोट गाउँपालिका ६ नम्बर वडाका रहेका छन् । घटना स्थलमा ८ जनाको शव फेला परेको कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले जानकारी दिनुभयो ।
हामी अहिले घटना स्थलमा छौ । यहाँ वरपर हेर्दा ८ जनाको शव फेला पारेका छौं । गाडी कच्याककुचुक भएको छ । प्रहरी आउँदै छ । हामी ढाइ घन्टादेखि यही छौ ।’
अध्यक्ष पुनले भन्नुभयो । बाँकेको ढकेरीमा बिहको कार्यक्रम सकेर सल्यानको कपुरकोट गाउँपालिका–६ जलबाङ जाँदै गरेको रा १ज ५६३ नम्बरको डबल क्याप जीप दुर्घटना भएको अध्यक्ष पुनले जानकारी दिनुभयो । घटना राति साढे दुई बजे भएकाे हुन सक्ने अनुमान गरिएकाे छ ।
मृतककाे नामावली
1) चालक जि.सल्यान कपुरकोट गा.पा. ६ जलबाँङ पस्ने बर्ष २१ काजित बहादुर बोहोरा (घटना स्थलमै मृत्यु भएको) ।
2) ऐ.ऐ.बस्ने वर्ष ३७ का धर्मा ओली (घटना स्थलमै मृत्यु भएको) ।
3) ऐ.ऐ.बस्ने वर्ष अ.४० को टोप बहादुर ओली (घटना स्थलमै मृत्यु भएको) ।
4) निजकै छोरा वर्ष अ.११ को बसन्त ओली (घटना स्थलमै मृत्यु भएको) ।
5) ऐ.ऐ. बस्ने वर्ष अ.३० को सुरेश खत्री (घटना स्थलमै मृत्यु भएको) ।
6) ऐ.ऐ.बस्ने वर्ष अ.७० को खुमलाल ओली (घटना स्थलमै मृत्यु भएको) ।
7) ऐ.ऐ.बस्ने वर्ष अ.५५ कि कुमारी ओली (महिला) (घटना स्थलमै मृत्यु भएको) ।
८) ऐ.५ रीम बस्ने वर्ष अ.३५ को ललित ओली (घटना स्थलमै मृत्यु भएको) ।
(लालमणि दहाल कपुरकाेटबाट नामावली उपलब्ध)
प्रतिक्रिया दिनुहोस्