Kohalpur Today Header Ads

नवौं राष्ट्रिय खेलकुदको उद्घाटन राष्ट्रपतिले गर्ने




काठमाण्ठौं ।

नवौं राष्ट्रिय खेलकुदको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने भएकी छन् । नवौं राष्ट्रिय खेलकुद तयारी तथा व्यवस्थापन समितिले मंगलबार एक कार्यक्रमको आयोजना गरेर नवौं खेलकुदको उद्घाटन राष्ट्रपति भण्डारीले गर्ने जानकारी दिएको हो । गण्डकी प्रदेशको राजधानि पोखरामा आयोजना हुने प्रतियोगिताको समापन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने छन् ।

असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा संचालन हुने प्रतियोगितामा सात प्रदेश, नेपाल आर्मी, नेपाल प्रहरी, एपीएफ र एनआरएनए गरी ११ टिमले सहभागिता जनाउने छन । प्रतियोगिताको उद्घाटन र समापन समारोह पोखरास्थित पोखरा रंगशालामा हुने तालिका रहेको छ ।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ असोज ११ गते मंगलबार