Kohalpur Today Header Ads

मनास्लुमा हिमपहिरो, ५ आरोही बेपत्ता




काठमाडौं ।

गोरखाको मनास्लुमा हिमालमा एक्कासी आएको हिमपहिरोमा परी ५ हिमाल आरोही बेपत्ता भएका छन् । चुमनुब्री गाउँपालिका–१ स्थित मनास्लु हिमालको आधार शिविरमा हिमपहिरो गएको हो । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार पाँचै जना आरोही नेपाली भएको अनुमान गरिएको छ ।

अहिले उद्धारका लागि हेलिकोप्टर मनास्लु क्षेत्रमा पुगिसकेको कार्यालयका एसपी केदार खनालले जानकारी दिए । ‘मानवीय क्षतिबारे पुष्टि भएको छैन,’ उनले भने, ‘अहिले तत्काल उद्धारको प्रयास भइरहेको छ ।’

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ असोज १० गते सोमबार