कोहलपुर ।
कोहलपुर नगरपालिकाकाले बसपार्कमा हेल्थडेक्स स्थापना गर्न लागेको छ । कोहलपुर नगरपालिको सुरक्षा कार्यदलको बैंठकको निर्णय अनुसार सपार्कमा हेल्पडेक्स स्थापना गर्न लागेको हो ।
दशैतिहारलाई मध्यनजर गर्दै आज(सोमबार) देखि बसपार्कमा हेल्थडेक्स स्थापना गर्न लागेको कार्यवहाक नगर प्रमुख विरेन्द्र कुमार शाहले जानकारी दिए ।
यस्तै असोज ८ गते भएको सुरक्षा कार्यदलको बैंकठको निर्णय अनुसार नगर स्वास्थ्य शाखाको निर्देशन अनुरुप डियूटी तालिका बमोजिम १ जना ल्याब, १ जना स्वास्थकर्मी र अन्य १ जना सहयोगीको रुपमा बिहान १० बजेदेखि ५ बजेसम्म हेल्थडेक्सबाट सेवा दिने कोहलपुर नगर स्वास्थ्य शाखाका प्रमुख अनिल सेन ठकुरीले जानकारी दिए ।
आज (सोमबार) ११ः३० बजे बसपार्कमा हेल्थडेक्स स्थापना हुन लागेको छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्