कोहलपुर ।
कोहलपुर नगरपालिकामा लागुऔषध दुव्र्यसनी न्यूनिकरण गर्न अभियान सुरु गरिएको छ । जनप्रतिनिधि, विभिन्न राजनितिक दल, सरोकारवाला व्यक्ति र संघ-संस्थाका प्रतिनिधि, बाल क्लब र युवा क्लबको संयुक्त रुपमा अभियान सुरु गर्न लागेका छन् ।
कोहलपुर नगरपालिकाका नगर प्रहरी प्रमुख विर बहादुर थापाले कोहलपुर नगपालिकामा लागूऔषध न्यूनिकरण गर्नका लागि सबै जनप्रतिनिधि, राजनितिक दल, संघ-संस्था, बाल क्लब, युवा क्लब र सरोकारवाला व्यक्तिहरुको संयुक्त रुपमा अभियान सुरु गर्न बताए ।
कोहलपुरका १५ वटै वडामा नगर प्रहरी परिचालन हुनेछन् उनले भने, सबै वडाका जनप्रतिनिधि, राजनितिक दल, संघ-संस्था, बाल क्बल, यूवा क्लब, विद्यालय स्तरिय क्लबहरुलाई सक्रिय बनाउने लागि रहेका छौं ।
अहिले चौतर्पीरुपमा लागुऔषध सामाजिक समस्याको रुपमा विकसित भइरहेकोले यसको न्यूनिकरण अनिवार्य रहेको थापाले बताए ।
आइतबार कोहलपुर नगर सभामा भएको छलफल तथा अन्तक्रिया कार्यक्रम सबै वक्ताहरुले अभियान सञ्चालन गरे सबैको सहयोग रहने प्रतिबद्धता व्यक्त समेत गरेका थिए ।
लागूऔषध नियन्त्रण सम्बन्धी लामोसमयदेखि काम गरिरहेको समाज सेवा संस्थाका अध्यक्ष विनोद थापाले लागुऔषध नियन्त्रण गर्नका लागि सजिलो र सहज रहेको बताए । ‘यसमा सबैको साथ सहयोग चाहिन्छ, एउटै संघसस्थाले मात्र न्यूनिकरण सम्भव हुँदैन’ उनले भने ‘यो अहिले सामाजिक समस्या भइसकेको छ ।’ कोहलपुर नगर प्रहरी र नेपाल प्रहरीको साथ र सहयोग भयो भने यसको न्यूनिकरण गर्न सकिने थापाले बताए ।
कोहलपुर नगरपालिका कार्यवहाक नगर प्रमुख विरेन्द्र कुमार शाहले अहिले चोरी तथा लुटपाटका घटनाहरु लागुऔषधका कारणले बढिरहेको बताएका थिए । उनका अनुसार लागुऔषधको न्यूनिकरण भयो भने सबै समस्याको समाधान हुनेछ । कोहलपुर नगरपालिकाको यो अभियानमा सबै एकजुट भएर लाग्न अनुरोध गरे ।
कोहलपुरका १५ वटै वडा अध्यक्ष, राजनितिक दल, संघ-संस्था, बाल क्बल, यूवा क्लब, विद्यालय स्तरिय क्लबहरुले समेत सो अभियानमा सहयोग गर्ने प्रतिबद्धता समेत गरेका थिए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्