बाँसगढीमा दोस्रो लक्ष्मणपुर खुल्ला फुटबल प्रतियोगिता सुरु

रावन विश्वकर्मा,  बर्दिया।

बर्दियाको बाँसगढीमा दोस्रो लक्ष्मणपुर खुल्ला फुटबल प्रतियोगिता सुरु भएको छ ।

“कला, संस्कृत, पर्यटन तथा खेलकुदका लागि पहिचा, विकास र समृद्धिमा बेलटारी युवा क्लवको अभियान” भन्ने नारा वेलटारी युवा क्लव लक्ष्मणपुरको आयोजनामा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको आईतवार बाँसगढी नगरपालिकाका नगर प्रमुख खडक बहादुर खड्काले खेलाडीहरुलाई फुटबल हस्तान्तरण गरी आईतवार विधिवद उद्घाटन गर्नुभयो ।

असोज १६ गते सम्म सञ्चालन हुने प्रतियोगितामा १८ टिम दर्ता भएको आयोजकले जनाएको छ । प्रतियोगितको मुख्य प्रायोजक नेशनल हार्डबेयर एण्ड सप्लायर्स बाँसगढीले गरेको छ भने सह–प्रायोजक बेलटारी सामुदायिक वन उपभोक्ता समुह लक्ष्मणपुर, भट्टराई दुध उद्योग बाँसगढी र एन्जिला किराना पसल लक्ष्मणपुरले गरेको छ ।

प्रतियोगितामा प्रथम हुने टिमलाई ३५ हजार, द्धितियलाई २१ हजार र तृतिय हुने टिमलाई ११ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको बेलटारी युवा क्लबका सल्लाहकार फगुवा थारुले जानकारी दिनुभयो ।

प्रतियोगिताको उद्घाटन पुर्व विधि झाँकि सहित र्याली निकालिएको थियो । वेलटारी यूवा क्लवका सल्लाहाकार दिपक अधिकारीले स्वागत मन्त्व्य राखेको उद्घाटन कार्यक्रमको सञ्चालन विमल सुवेदीले गर्नुभएको थियो ।