कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिकामा रहेका अंग्रेजी शिक्षकहरुलाई अंग्रेजी भाषा शिक्षण र सिकाई बृद्धि गर्नका लागि प्रविधिको प्रयोग सम्बन्धी प्रशिक्षण दिइएको छ । शनिबार नेल्टा बाँकेको आयोजनामा भएको कार्यक्रममा कोहलपुर, बैजनाथ, डुडुवा र राप्तीसोनारीका अंग्रेजी शिक्षकहरु प्रशिक्षण कार्यक्रममा सहभागिता रहेको थियो ।
कोहलपुर नगपालिकाका नगर शिक्षा शाखाका प्रमुख रविलाल मिजारले इच्छा शक्ति भयो भने सामुदायिक विद्यालयमा अंग्रेजी विषय उत्कृष्ट बनाउन सकिने बताए । मिजारका अनुसार अहिले सामुदायिक र संस्थागत विद्यालयहरुको शैक्षिक स्थिति एउटै दिशामा लैजानका लागि नगर शिक्षा शाखाले विभिन्न गतिविधिहरु गरिरहेको छ । अब आगामी वर्षदेखि कक्षा १-३ मा अंग्रेजी माध्यमबाट अध्यापन गराउने भनी कोहलपुर नगरपालिकाको योजना निर्माण हुन लागेको मिजारले बताए ।

कोहलपुर नगरपालिकाको स्थानीय पाठ्यक्रमलाई क्रिशा, एन प्यावसन, व्यावसन लगायतका संगठनका अध्यक्षहरुले स्थानीय पाठ्क्रम विमोचन हुँदा तुरुन्तै लागू गर्ने भनी प्रतिबद्धता व्यक्त गरे तर अहिले आएर संस्थागत विद्यालयहरुले स्थानीय पाठ्यक्रम लागू नगरेपछि नगर शिक्षा शाखाका प्रमुख मिजार आक्रोस भएका थिए ।
यस्तै कोहलपुर नगरपालिका काव नगर प्रमुख विरेन्द्र शाहले कोहलपुर नगरपालिकाले शैक्षिक हवको अवधारणा लिएको बताए । शैक्षिक क्षेत्र बृद्धि गर्नका लागि विभिन्न किसिमका योजना तयार गरी ल्याउन समेत अनुरोध गरेका थिए । त्यसको लागि कोहलपुर नगरपालिकाले सहयोग गर्ने उनको भनाई थियो ।

नेल्टा बाँकेका अध्यक्ष टर्क बहादुर खत्रीले शिक्षकहरुलाई अंग्रेजी भाषा शिक्षण र सिकाई बृद्धि गर्न प्रविधिको प्रयोगबारे प्रशिक्षण गरिएको बताए । अहिले विश्व एक मुठ्ठीमा रहेको छ जसलाई एक सेकेन्डमा बुझ्न सकिने प्रविधि बनिसकेका छन् तर त्यसकारणले हामीले पनि अंगे्रजी भाषालाई प्रविधिको माध्यमबाट अध्यापन गराउनका लागि प्रशिक्षण कार्यक्रम गरिएको नेल्टा बाँकेका अध्यक्ष खत्रीले बताए ।
प्रशिक्षण कार्यक्रममा मध्यपश्चिम विश्वविद्याल वागेश्वरी बहुमुखी क्याम्पसका प्रध्यापक प्रमोद सुवेदी, गणेश पौडेल, नेल्टाका केन्द्रिय सदस्य होमराज खड्का होमराज खड्का, विन्दु सुवेदी, देवी गुरुङ्ग र नेल्टा बाँकेका अध्यक्ष टर्क बहादुर खत्रीले अंग्रेजी भाषा शिक्षण र सिकाई बृद्धि गर्नका लागि प्रविधिको प्रयोग सम्बन्धी प्रशिक्षण दिएका थिए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्