प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशद्वारा पत्रकार धम्काउनेलाइ कार्वाहीको माग

गण्डकी प्रदेश  ।

“सञ्चार माध्यममा प्रकाशन, प्रशारण भएका समाचारका विषयामा चित्त नबुझे खण्डन गर्ने, प्रेस काउन्सीलमा उजुरी गर्ने लगायत विकल्प हुँदा हुदै गलत तरिका र प्रविधिको दुरुपयोग गरेर धाकधम्कीमा उत्रिनु अपरोध हो,” विज्ञप्तिमा भनिएको छ “पत्रकारलाई धम्काएर त्रास सिर्जना गराई नागरिकलाई सत्य, तथ्य सूचना पाउने अधिकार कुण्ठित बनाउने मनसायले यस्तो गतिबिधी भएको संगठनको ठहर छ ।”

स्वतन्त्र र भयरहित वातावरणमा पत्रकारिता गर्ने वातावरण सिर्जना गराउन पनि संगठनले सरोकारवालाहरुको ध्यानाकर्षण गराएको छ । फेसबुकमा संकास्पद ठेगाना बनाएर परिवारका सदस्यहरुलाई डर, त्रास सिर्जना गरी ज्यानै लिनेसम्मको धम्की आएको सिंहले बताउनुभएको छ । यसअघि प्रेस सेन्टर बाग्लुङ र पत्रकार महासंघ बाग्लुङ शाखाले सो घटनाप्रति ध्यानाकर्षण भएको जनाउदै धम्काउनेलाई पहिचान, कारबाही र सुरक्षाको माग गरेका थिए ।