बाँसगढीमा चाडपर्व लक्षित गर्दै यात्रु सहायता कक्षा स्थापना

रावन विश्वकर्मा, बर्दिया ।

बर्दियाको बाँसगढीमा यात्रुको सहजताका लागि यात्रु सहायता कक्ष स्थापना गरिएको छ । चाडपर्वको वेला हुने भिडभाडले यात्रुहरुलाई हुन सक्ने हैरानी, ठगी, लुटपाट र सवारी दुर्घटनालाई न्युनिकरण गर्न बाँसगढीमा शनिबार यात्रु सहायता कक्ष स्थापना गरिएको हो ।

नेपालीहरुको महान पर्व बिदया दशमी, तिहार लगायतका चाडपर्वलाई लक्षित गरी बाँसगढी क्षेत्र हुदै भित्रिने र बाहिरिने यात्रुहरुको सहजता र सुरक्षाका लागि यात्रु सहायता कक्ष स्थापना गरिएको ईलाका प्रहरी कार्यालय मोतिपुरका प्रमुख प्रहरी निरिक्षक सन्तोष चन्दले बताउनुभयो ।

यात्रु सहायता कक्ष स्थापना सँगै चाडपर्वको समयमा सवारी दुर्घटना र सवारी साधनबाट हुनसक्ने ठगी र यात्रुलाई सहज रुपमा गन्तव्य सम्म पुग्ने बातावरणको सिर्जना गरिने छ । यात्रुहरुको सुरक्षा र गन्तव्य स्थलहरु पुग्ने सहज वातावरण बनाउन बाँसगढी क्षेत्रमा लामो तथा छोटो दुरीका सवारीको विशेष सुरक्षा जाँच समेत गरिने प्रहरी निरिक्षक चन्दले बताउनुभयो ।

यात्रु सहयाता कक्ष मार्फत ट्राफिक प्रहरीले छतमा यात्रु तथा माल समान राख्न नदिने, क्षमता भन्दा धेरै यात्रु राख्न नदिने, सवारी सधानको अवस्थाको जाँच गर्ने, यात्रुले अपनाउनु पर्ने सुरक्षा सावधानी बारे जानकारी समेत गराईने छ । त्यस्तै चालकको अवस्था जाँच गर्ने, सुरक्षा सचेतना सम्वान्धि कर्यक्रम गर्ने, धेरै भाडा लिने गाडीलाई कारबाही समेत गरिने जनाइएको छ ।