Kohalpur Today Header Ads

बाँसगढीका विद्यालयमा बाल विवाह र दुर्व्यसन सम्बन्धी सचेतना




रावन विश्वकर्मा, बर्दिया ।

बर्दियाको बाँसगढी क्षेत्रका विद्यालयहरुमा सचेतना मुलक कार्यक्रमलाई तिव्र पारिएको छ । बाँसगढीमा रहेका मावि तहका विद्यार्थीहरुलाई लक्षित गरी बाल विवाह न्युनिकरण, बाल हिंसा न्युनिकरण, यौन दुर्व्यवहार र लागु औषध दुर्व्यसनी विरुद्ध अभियान कै रुपमा सचेतना मुलक कार्यक्रमलाई तिव पारिएको छ ।

बाँसगढी नगरपालिकाको आयोजना, ईलाका प्रहरी कार्यालय बाँसगढीको समन्वयमा प्रहरी साझेदारी कार्यक्रम अन्तरगत असोज ४ गते देखी सचेतना अभियान सञ्चालन गरिएको हो । बढ्दै गएको बाल विवाह, बाल हिंसा, यौन दुर्व्यवहार, लागु औषध दुर्व्यसनी न्युनिकरण गर्ने उदेश्यका साथ अभियान सञ्चालन गरिएको बाँसगढी नगरपालिका महिला तथा बालबालिका शाखाले जनाएको छ । सचेतना मुलक कार्यक्रमको ईलाका प्रहरी कार्यालय बाँसगढीका प्रमुख प्रहरी निरिक्षक सन्तोष चन्द र महिला तथा बालबालिका शाखा बाँसगढीका प्रमुख यसोदा थापाले सहजिकरण गरिरहनु भएको छ ।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

सचेतना कार्यक्रममा प्रहरी निरिक्षक सन्तोष चन्दले विद्यार्थीहरुलाई बालविवाह हुनबाट कसरी जोगिने, लागु पदार्थ दुव्र्यसनबाट बच्ने उपाय, बाल हिंसा, यौन दुव्र्यवहारका बारेमा जानकारी गराएको बताउनु भयो । प्रहरी निरिक्षक चन्दले विद्यार्थीहरु यस्ता खालका क्रियाकलापबाट सचेत हुनु पर्ने कुरामा जोड दिदै कानुनी उपचारका बिषयमा समेत विद्यार्थीहरुलाई सचेत गराउने काम भईरहेको बताउनु भयो ।

त्यस्तै महिला बालबालिका शाखा प्रमुख यशोदा थापाले कार्यक्रममा सहभागि विद्यार्थीहरुलाई बालविवाह, बालबालिका माथिको हिंसा, कारण र कानूनी उपचारका विषयमा जानकारी दिनुभएको थियो ।

अभियान अन्तर्गत जीवन ज्योती मावि राँझा, जनता मावि बनमुडुवा, पृथ्वी मावि लखना, नेरा मावि लक्ष्मणपुर, जनता मावि बठुवा, पुर्णहिरा मावि लक्ष्मणा र रामजानकी मावि भैसासुरमा सचेतना कार्यक्रम गरिएको छ । कार्यक्रम सञ्चालन गर्न बाकी अन्य विद्यालयहरुमा पनि निरन्तर कायक्रम सञ्चालन गरिने जनाईएको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ असोज ८ गते शनिबार