आदर्श माविकाे त्रैमासिक परिक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई पुरस्कार वितरण




गम बहादुर डाँगर, खजुरा ।

बाँकेको खजुरा गाउँपालिकामा रहेको आदर्श माध्यमिक विद्यालयले उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेको छ । शुक्रबार प्रथम त्रैमासिक परिक्षामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेको हो ।

यस्तै आदर्श माविका प्रानाध्यापक राजेन्द्र प्रसाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा प्राथामिक तहका इन्चार्ज हरि निरौला र निमावि तहका इन्चार्ज गोपाल अधिकारी, मावि तहका इन्चार्ज टोप बहादुर क्षेत्रीले पुरस्कार वितरण गरेका थिए ।

कक्षा नर्सरी देखि १२ कक्षाका उत्कृष्ट हुने विद्यार्थीलाई सम्मान गरिएको विद्यालयका प्रानाध्यापक राजेन्द्र प्रसाद सापकोटाले बताए । विद्यालयमा त्रैमासिक परिक्षाहरु सञ्चालन गरिरहेका हुन्छौं भने आन्तरिक मुल्यांकन समेत भइरहेको सापकोटाले बताए ।

यस्तै विद्यार्थीको हौसला प्रदान गर्नका लागि आदर्श माविका शिक्षक अक्कल बहादुर पुनले आफ्नो तलबबाट ५ जना उत्कृष्ट विद्यार्थीलाई पुरस्कार दिएका छन् ।

त्रैमासिक परिक्षामा उत्कृष्ट हुनेमा कक्षा १ मा परेक विक र सरु चन्द, कक्षा २ मा यूमिको जिएम, कक्षा ३ मा एलप परियार, कक्षा ४ मा सन्ध्या खत्री, कक्षा ५ मा सुमित कुमाल, कक्षा ६ मा लक्ष्मण रोकाय, कक्षा ७ मा खडेन्द्र विसी, कक्षा ८ मा धिरेन्द्र वली, कक्षा ९ मा भूमिका बुढाथोकी, कक्षा १० पूर्णमा विष्ट, कक्षा १२ मा पियूस विकलाई पुरस्कार वितरण गरिएको थियो ।

यस्तै कार्यक्रममा विद्यालयका शिक्षक याम बहादुर विष्ट लगायत अन्य शिक्षक, विद्यार्थी, अभिभावकको उपस्थितिमा कार्यक्रम भव्य रुपमा सम्पन्न भएको थियो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ असोज ७ गते शुक्रबार