काेहलपुर ।
रुकुम पूर्वमा बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ५ पुगेको छ ।
काठमडौंबाट रुकुम पूर्वको रुकुमकोटकोट तर्फ गइरहेको ग १ ख ९१०९ नम्बरको बस बिहीवार दिउँसो भूमे ३ क्याङसी बगरमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका १२ जनामध्ये गम्भीर घाइते ४ जनालाई उपचारका लागि बाँकेको कोहलपुर लगिएको छ । ८ जनाको भने जिल्ला अस्पताल रुकुम पूर्वमा उपचार भइरहेको छ ।
जिल्ला अस्पताल रूकुमकाेटबाट नेपाली सेनाकाे NA-०६१ नम्बरकाे हेलिकप्टरबाट नेपालगञ्ज मेडिकल कलेजमा उपचारकाे लागि ल्याइएकाे छ ।
उपचारका लागि नेपालगञ्ज मेडिकल कलेजमा ल्याइएका घाइते
१.लाल ब.खड्का बर्ष ३६ सिस्ने गा.पा.६ छिप्रिदह।
२.डम्मर नेपालि बर्ष ३५ आठबिसकाेट न.पा. पश्चिम रूकुम ।
३. निरूता थापा बर्ष १९ सिस्ने ५ पाखागाउँ।
४.साईमन खड्का बर्ष ९ सिस्ने गा.पा.६ छिप्रिदह ।
प्रतिक्रिया दिनुहोस्