रुकुम पूर्वमा बस दुर्घटना : ५ जनाकाे मृत्यु




शुदाम शर्मा, कर्णाली व्यूरो प्रमुख ।

रुकुम पूर्वमा भएको बस दुर्घटनामा परि मृत्यु हुनेको संख्या ५ पुगेको छ । भूमे गाउँपालिका वडा नम्बर ३ को क्याङसी वगरमा बस दुर्घटना भएको हाे ।

काठमाडौंबाट रुकुमकोटतर्फ आइरहेको ग १ ख ९१०९ नम्बरको बस दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । भूमे २ को खावाङ बगर नजिकै पर्ने वडा नम्बर ३ को क्याङसी बगरमा भएको बस दुर्घटनामा अन्य १० बढी घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले जनाकारी दिएका छन् ।

मृतकको सनाखत हुन बाँकी रहेको डिएसपी डाँगीले बताए । घाइतेको पनि पनि परिचय खुल्न बाँकी छ । आफु घटनास्थलमै रहेको र थप विवरण संकलनको काम भइरहेको उनले बताए ।

बस सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । बसको पछाडिको चक्का खाल्डोमा परेको देखिएको र अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने अनुमान गरिएपनि दुर्घटनाको कारण नखुलेको प्रहरीले जानकारी दिएको छ ।

अहिले  घाइतेको उपचारको लागि २ ओटा हेलिकप्टर रुकुम पूर्वमा अवतरण भएकाे छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ असोज ६ गते बिहीबार