काेहलपुर ।
निर्वाचन आयोगले १६५ निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिध सभा र प्रदेश सभा निर्वाचन गराउन आयोगले मुख्य निर्वाचन अधिकृत र अधिकृतहरू नियुक्त गरेको हो ।
मंसिर ४ गते हुने मतदानका लागि निर्वाचन आयोगले प्रक्रिया सुरु गरिसकेको छ । यसअघि समानुपातिक निर्वाचन प्रणालीका लागि बन्दसूची दर्ता भइसकेको छ । प्रत्यक्ष निर्वाचनका लागि यही असोज २३ गते मनोनयम दर्ताको कार्यसूची रहेको छ ।
मुख्य निर्वाचन अधिकृत र अधिकृतहरुको सूची
बाँकेमा तिन वटा निर्वाचन क्षेत्र रहेको छ जसमा क्षेत्र नं. १ मा निर्वाचन अधिकृत यामप्रसाद बास्कोटा, क्षेत्र नं. २ मुख्य निर्वाचन अधिकृत धनसिंह महरा, क्षेत्र नं. ३ मा निर्वाचन अधिकृत प्रकाश बहादुर भण्डारी रहेका छन् ।
यस्तै बर्दियामा दुई वटा निर्वाचन क्षेत्र रहेको छ जसमा क्षेत्र नं. १ मा मुख्य निर्वाचन अधिकृत कैलाश प्रसाद सुवेदी, क्षेत्र नं. २ मा निर्वाचन अधिकृत नगेन्द्र लम्साल रहेका छन् ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्