सल्यानकाे बागचाैरमा संविधान दिवसको अवसरमा सरसफाइ




शुदाम शर्मा, सल्यान ।

बागचाैर नगरपालिकाकाे आयोजनामा ८ औं संविधान दिवसको अवसरमा नगरपालिका कार्यालय परिसर तथा बागचाैर बजार क्षेत्रमा सरसफाइ कार्यक्रम गरिएको छ ।

सरसफाइ कार्यक्रममा बागचाैर नगरपालिका नगर प्रमुख जनकराज गाैतम, नगर उप-प्रमुख सुम्निमा डि.सी (वली) प्रमुख प्रशासकीय अधिकृत अनन्त कुमार गाैतम, वडा नम्बर २ का वडा अध्यक्ष दिपेस डि.सी, वडा नम्बर ३ का वडा अध्यक्ष भिम प्रकाश भण्डारी, कार्यपालिका सदस्य, नेपाल प्रहरी, बागचाैर नगरपालिकामा कार्यरत विभिन्न शाखाका कर्मचारी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, पत्रकार, व्यवसायी र स्थानियहरुको सहभागितामा सरसफाइ कार्यक्रम गरिएको हो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ असोज ३ गते सोमबार