कोहलपुर ।
नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिनका लागि भएको प्रदेश स्तरीय छनौट खेलमा बाँके जिल्ला अग्र स्थानमा रहेको छ ।
बाँके जिल्ला तेक्वान्दो खेलमा ६ गोल्ड मेडल सहित बाँके जिल्ला अग्र स्थान लिन सफल भएको बाँके जिल्ला तेक्वान्दो संघका अध्यक्ष प्रकाश लामिछानेले बताए ।
बाँकेका ८ पालिकाले खेल क्षेत्रलाई साथ सहयोग नगरेको गुनासो गरेका छन् । ‘बाँकेका खेलकुद मन्त्री हुँदा पनि खेल सामग्रीको अभाव छ’ उनले भने, ‘अहिले प्रदेश र राष्ट्रिय स्तरका खेलमा बाँकेले उत्कृष्ट प्रस्तुति देखाउँदै आएको छ ।’
स्थानीयहरुका प्रतिनिधिहरुले समेत खेलाडिहरु राष्ट्रिका गहना भन्ने नारा लगाएको तर खेलाडिका लागि खेल सामग्रीको समेत उपलब्ध नगराएकाे उनकाे गुनासाेे गरे ।
नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिनका लागि भएको प्रदेश स्तरीय तेक्वान्दो खेलमा फाइट तर्फ सुनिल गुप्ता, निम बहादुर विक र सन्तोष थारु प्रथम भएका छन् ।
यस्तै पुम्सेतर्फ कमल राना र सनिया वली प्रथम, पियर पुम्सेतर्फ सुजल चन्द र प्रिती चन्द प्रथम स्थान प्राप्त गरेका छन् । बाँके जिल्लाबाट १९ जना खेलाडी सहभागि रहेको कोच टेकराज पाण्डेले बताए । लुम्बनी प्रदेशको बुटवलमा २ गते भएको खेल भएको थियो ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्