एअनेशिसंको जानकी गाउँपालिकाको अध्यक्षमा बर्मा

गम बहादुर डाँगर, जानकी । 

एकीकृत अखिल नेपाल शिक्षक संगठनको जानकी गाउँपालिकाको अध्यक्षमा जीत बहादुर बर्मा चयन भएका छन् ।

जानकी गाउँपालिकाको एकीकृत अखिल नेपाल शिक्षक संगठनको दोस्रो नगर अधिवेशनबाट जानकी गाउँपालिकाको अध्यक्षमा जीत बहादुर बर्मा चयन भएका हुन् ।

यस्तै वरिष्ठ उपाध्यक्ष महेश यादव र उपाध्यक्ष चित्र कुमार तिवारी, महिला उपाध्यक्ष पुष्पा आचार्य, सचिव मोतिराम पोखरेल, कोषाध्यक्ष तिर्थ यादव चयन भएका हुन् ।

यस्तै सदस्यहरुमा ममता चन्द, अन्जु वर्नवाल गुप्ता, हार्निफ जोलाहा, सुक्षा सिंह, मन्जु आचार्य, अशोक कुमार हरिणन चयन भएका छन् ।