कोहलपुर नगरपालिकाले थप सडक बत्ति जडान गर्दै

कोहलपुर ।

बाँकेको कोहहलपुर नगरपालिकाले थप सडक बत्ति जडान गर्न लागेको छ । कोहलपुर नगरपालिकाको कार्यपालिकाको भदौं १९ गतेको निर्णय अनुसार गोल्छादेखि पिपरिसम्म थप १७ स्थानमा सडक बत्तिमा निःशुल्क जडान गर्न लागेको हो ।

कोहलपुर नगरपालिकाको २०७९ भदौं १९ गते एपेक्स नेपाल प्रा.लि. काठमाण्डौंले प्रस्ताव पेश भए बमोजिम गोल्छादेखि पिपरीसम्म १७ स्थानमा सडक बत्तिहरु निःशुल्क जडान गर्ने भनी सम्झौता भएको नगर प्रमुखका स्वकिय सचिव गोपाल शर्माले जानकारी दिए ।

यस्तै नगर प्रमुख पूर्ण प्रसाद आचार्यका अनुसार केही महिना अगाडि चौराहदेखि गोछासम्मका सडक बत्तिहरु अलपत्र परेका थिए ती सबै सडक बत्तिहरु मर्मतपछि बल्न थालेका छन् ।

‘अहिले फेरी नगरपालिकाले थप १७ स्थानमा सडक बत्तिहरु राख्ने काम सुरु गरेको छ’ उनले भने, ‘विद्युतिय महशुल देखि जडान गर्नेसम्मको रकम एपेक्स नेपाल प्रा.लिको जिम्मा हुने गरी नगरपालिकाले सम्झौता गरेको छ ।’

सो पोलहरुमा विज्ञापन सामग्री राख्न दिने वा सो वात कोहलपुर नगरपालिका ऐन बमोजिम नगरपालिकालाई विज्ञापन कर बुझाउने शर्तमा एपेक्स नेपाल प्रा.लिसंग नगरपालिकाले १० वर्षका लागि सम्झौता गरेको आचार्यले बताए ।