Kohalpur Today Header Ads

शारदा पोलिक्लिनिकको प्रथम वार्षिक उत्सव




कोहलपुर ।

बाँकेको कोहलपुर—११ मा रहेको शारदा पोलिक्लिनिक प्रा.लि ले प्रथम वार्षिक उत्सव सम्पन्न गरेको छ । शनिबार एक औपचारीक कार्यक्रम गरी शारदा पोलिक्लिनिक प्रा.लि.का प्रबन्ध निर्देशक सफल विकले १३ प्रकारका सेवाहरु प्रवाह गरिरहेको बताए ।

‘नेपालगञ्ज मेडिकलल कलेजमा लामोसमयदेखि गुणस्तरीय सेवा दिँदै आइरहेका फिजिसियन डा. श्याम विकले प्रत्यक्ष रुपमा सेवा दिइरहुनुभएको छ’ उनले भने, अहिले १३ प्रकारका सेवाहरु प्रवाह गरिरहेका छौं । पोलिक्लिनिकबाट वर्षमा २५ हजार ५ सय विरामीलाई उपचार गरेको प्रबन्धक निर्देशक विकले बताए ।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

उनका अनुसार जनरल मेडिसिन, हाडजोर्नी तथा नसा सम्बन्धी, बाल रोग विशेषज्ञ, आधुनिक ल्याब, फिजियोथेरापी तथा एक्युपञ्चर सेवा, भिडियो एक्सरे, मुटुको भिडियो एक्सरे, गुणस्तरीय औषधी, डिजिटल एक्सरे, एम्बुलेन्स सेवा, इसीजी/प्रसुती तथा स्त्री रोग सेवा, ढाड बाङ्गिएको, हात खुट्टा नचल्ने, पक्षघात, हात खुट्टा झमझम गर्ने आदीको विशेषज्ञ सेवा प्रवाह गरिरहेको छ । प्रतिशत छुटमा उपचार गरिएको छ भने हरेक महिनाको १५ गते जेष्ठ नागरिकहरुलाई ल्याब टेष्ट र सुगर निःशुल्कमा उपचार गरिएको प्रबन्धक निर्देशक विकले बताए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ असोज १ गते शनिबार