कोहलपुर ।
मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरमा व्यवस्थापन संकाय अन्तर्गत वि.वि.ए. कार्यक्रम सञ्चालनका लागि सर्वपक्षिय प्रतिबद्धता गरेका छन् । कोहलपुर नगरपालिकाका जनप्रतिनिधि, राजनितिक दल, प्राध्यापक, शिक्षक, कर्मचारी लगायत व्यक्तिहरुले वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरमा व्यवस्थापन संकाय अन्तर्गत वि.वि.ए. कार्यक्रम सञ्चालनका लागि सर्वपक्षिय प्रतिबद्धता गरेका हुन् ।
सर्वपक्षिय बैठकमा बोल्दै कोहलपुर नगरपालिका उपप्रमुख संगिता सुवेदीले कोहलपुरका धेरै विद्यार्थीहरु नेपालगञ्ज वि.वि.ए. अध्ययनको लागि जाने भएकोले अनिवार्य रूपमा वागेश्वरीमा नै सञ्चालन हुनुपर्ने जोड दिइन् । ‘क्याम्पसको समग्र विकासका लागि नगरपालिकाले आवश्यक सहयोग गर्नेछ’ उनले भनिन्, ‘नगर प्रमुख पुर्ण प्रसाद आचार्य स्वम् वागेश्वरी बहुमुखी क्याम्पसको पुर्व विद्यार्थी भएकाले पनि आर्थिक, भौतिक तथा शैक्षिक विकास गराउने सवालमा सहयोग हुनेछ ।’ वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरमा व्यवस्थापन संकाय अन्तर्गत वि.वि.ए. कार्यक्रम सञ्चालन गर्न आवश्यक भएकाले कोहलपुर नगरपालिकाले पहल कदमी गर्ने उपप्रमुख सुवेदीले प्रतिबद्धता व्यक्त गरिन् ।
यस्तै सर्वपक्षिय बैंठकमा बोल्दै नेपाली कांग्रेस कोहलपुर नगर कमिटि सभापति विरेन्द्र कुमार शाहले कोहलपुर लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुर पश्चिम प्रदेश प्रदेशको प्रवेशद्वार कोहलपुर रहेको यहाँ देशका विभिन्न स्थानबाट अध्ययन गर्न आउने र कोहलपुर नजिकै रहेको नौवस्तामा औद्योगिक क्षेत्र स्थापन हुन लागेकोले पनि वि.वि.ए. कार्यक्रम कोहलपुरको लागि आवश्यक रहेको जानकारी दिए । यसका लागि नेपाली कांग्रेस कोहलपुर कार्य समितिले पुर्ण रूपमा सहयोग गर्ने सभापति शाहले प्रतिवद्धता गरे ।
यस्तै सर्वपक्षिय बैंठकमा नेकपा माओवाद केन्द्रका नगर अध्यक्ष अवराज खडकाले विगतमा क्याम्पसको समग्र विकासका लागि पार्टीले सहयोग गरेको र पूनः वि.वि.ए. कक्षा सञ्चालनका लागि पार्टीले पुर्ण रूपमा सहयोग गर्र्ने प्रतिबद्धता गरे । यस्तै सर्वपक्षिय बैंठकमा क्याम्पस सञ्चालक समितिका निवर्तमान अध्यक्ष एवं नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य नरेन्द्र न्यौपानेले क्याम्पसमा वि.वि.ए. कार्यक्रम अनिवार्य रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
यस्तै सर्वपक्षिय बैंठकमा क्याम्पस प्रमुख दान बहादुर हमालले वि.वि.ए. कार्यक्रम सञ्चालन गर्न सकिने भौतिक पूर्वाधार निर्माण भैसकेको बताए । केही दिन अगाडि मध्यपश्चिम विश्वविद्यालयका निमित्त उपकुलपति एवम् व्यवस्थापन संकायका डिन प्रा. डा. दिप बहादुर रावलको नेतृत्वमा मध्यपश्चिम विश्वविद्यालय मुसुमका निर्देशक एवम् क्यु.ए.ए. कार्यक्रमका संयोजक डा. सुशील शाहीको टिमले सम्भाव्यता अध्ययन गरिएको थियो ।
हमालका अनुसार क्याम्पसमा सबैको प्रयासको कारण काम हुँदै गएको, भावी दिनमा क्याम्पसमा विभिन्न संकायका विभिन्न विषयहरु विश्वविद्यालयले निर्वाध रूपमा सञ्चालन गर्नुपर्ने, यो क्याम्पस सम्भावना बोकेको क्याम्पस हो त्यसैले पनि यहाँ वि.वि.ए. कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
यस्तै कोहलपुर नगरपालिका वडा नं ११ का वडा सदस्य सुधन ढकाल तथा कोहलपुर नगरपालिका वडा नं १ का वडा सदस्य कविराम पुलामी मगर समेत प्रतिवद्द्ता जाहेर गरेका थिए ।
यस्तै कार्यक्रममा क्याम्पस सञ्चालक समितिका पुर्व अध्यक्ष होम प्रकाश सुवेदी, पुर्व क्याम्पस प्रमुखहरु खगराज पन्त, रमेशचन्द्र अधिकारी, ध्रुव अधिकारी, पुर्व सहायक क्याम्पस प्रमुख सुशील अधिकारी, विभागीय प्रमुखहरु एकराज शर्मा, ज्ञानेन्द्र शाही, खोपिराम वलि, अनुप शाही, उप प्राध्यापक जीवन सिह ठकुरी, टेकेन्द्र कुमार महतरा, नवीन किशोर रत्न लगाएत सम्पूर्ण प्राध्यापकको उपस्थित भएको थियो । कार्यक्रमको सञ्चालन भने पुस्करनाथ रिजालले गरेका थिए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्