प्रजातन्त्रवादी प्राध्यापक संघकाे सभापतिमा एकराज शर्मा र सचिवमा गोपिलाल शर्मा सर्वसम्मत




काेहलपुर । 

केही महिना अगाडी स्थगित भएको प्रजातन्त्रवादी प्राध्यापक संघ बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरको एकाई कार्यसमितिको भेला सम्पन्न भएको छ ।

प्रजातन्त्रवादी प्राध्यापक संघ एकाइ समितिका सभापति टेकेन्द्र कुमार महतराकाे अध्यक्षतामा भएकाे भेलाले बागेश्वरी बहुमुखी क्याम्पसका प्राध्यापक एकराज शर्मालाई सभापतिमा सर्वसम्मत चयन भएको हाे । साे भेलाले सचिवमा गोपिलाल शर्मा, सदस्यमा मीन बहादुर केसी, गणेश पौडेल र बाल कुमार शर्मा चयन भएका छन् ।

प्रजातन्त्रवादी प्राध्यापक संघ नेपाल बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरको चौथो अधिवेशन केही समयका लागि भएर स्थगित भएको थियो ।

आज बसेको प्रजातन्त्रवादी प्राध्यापक संघको भेलाले नयाँ कार्यसमितिलाई पुर्णता दिएको हो । शर्मा काेहलपुर टुडेका सम्पादक हुन् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ भदौ ३१ गते शुक्रबार