समाज सेवा संस्था नेपालद्धारा आँखा र कान स्वास्थ्य शिविर सञ्चालन

कोहलपुर ।

बाँकेको कोहलपुर-१४ मा रहेको समाज सेवा संस्था नेपालले आँखा र कान स्वास्थ्य शिविर गरेको छ । शुक्रबार कोहलपुर नगरपालिका प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकाल र भिजन आँखा अस्पतालका डा.प्रचण्ड गौतमले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

उद्घाटन गर्दैै ढकालले नगरपालिकाले गर्ने योजनालाई समाज सेवा संस्थाले सहयोगी भूमिका खेलेको प्रति अभारी प्रकट व्यक्त गरे । यस्तै डा. प्रचण्ड गौतमले असाय, गरिब, अपांगता भएका विपन्न नागरिकहरु, जेष्ठ नागरिकहरुलाई घरदैलोमा सेवा प्रवाह गर्ने योजना रहेको र आँखा र कान शिविरबाट अप्रेशन नै गर्नुपर्ने देखिए भने उहाँहरुलाई ५० प्रतिशत छुटमा उपचार हुने बताए ।

 

यस्तै समाज सेवा संस्था नेपालका अध्यक्ष विनोद थापाले शिविरबाट २७ जना आँखा र ५ जना कान समस्या भएको र उहाँहरुको अप्रेशन नै गर्नुपर्ने देखिएको बताए । सो शिवरबाट आँखा र कान गरी २ सय ५२ जनाले सेवा लिएको अध्यक्ष थापाले जानकारी दिए ।

यस्तै कोहलपुर नगर स्वास्थ्य शाखा, ब्रिनोज कान स्वास्थ्य स्याहार केन्द्र र भिजन आँखा अस्पतालको प्राविधिक सहयोगमा सो कार्यक्रम गरिएको हो ।