रुकुम पश्चिममा केन्द्रीय प्रशारण लाइन केही दिनका लागि बन्द

g]kfn ljB't k|flws/0fsf] lbQm]n ljt/0f s]Gb| . tl:a/ M 8Da/l;+ /fO{

शुदाम शर्मा, रुकुम पश्चिम ।

रुकुम पश्चिममा केन्द्रीय प्रशारण लाइनकेही दिनका लागि बन्द भएको छ । मर्मतको काम गर्नुपर्ने भएकोले सल्यानको शितलपाटी सव स्टेशनदेखि रुकुम पश्चिमको धैरेनीचौर सवस्टेशन सम्मको ३३ केभी प्रशारण लाइन अवरुद्ध भएको हो ।

सल्यानको रामेखोला, बागचौर र रुकुम पश्चिमको झुल्नेटा लगायतका ठाउँमा मर्मत गर्नुपर्ने भएकोले आजदेखि विद्युत सेवा अवरुद्ध भएको र विद्युतको आपूर्तिमा सल्यान जाजरकोट कुदु काे एघार केभीको प्रयोग हुने नेपाल विद्युत प्राधिकरण रुकुम पश्चिम वितरण केन्द्रले जनाएको ।

हिजो एक सूचना जारी गर्दै तत्काल मर्मत नगरे जोखिमयुक्त हुने भएकोले विद्युत अवरुद्ध गरेर मर्मतको काम थालिएको केन्द्रले जनाएको छ । मर्मतको काम नसकिदासम्म विद्युत सेवा अवरुद्ध नै रहने केन्द्र प्रमुख अशोक लोहनीले जारी गरेको सूचनामा उल्लेख छ । तर मर्मतका लागि कति दिन लाग्ने भनेर भने खुलाइएको छैन् । हाल जिल्लामा सल्यान र जाजरकोट गरी दुई ठाउँबाट विद्युत आपुर्ति भइरहेको छ ।