Kohalpur Today Header Ads

वागेश्वरी बहुमुखी क्याम्पसको प्रथम अधिवेशनबाट प्राध्यापक संघमा चन्द




काेहलपुर । 

मध्यपश्चिम विश्वविद्यालय वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर एकाई समितिको प्रथम अधिवेशन सम्पन्न भएको छ ।

अधिवेशनबाट सर्वसम्मत रूपमा अंग्रेजी विषयका उप प्राध्यापक एवम् मोटिभेटर राज कुमार चन्द सभापतिमा निर्विरोध निर्वाचित भएका छ्न । यसैगरी उप सभापतिमा मीन बहादुर केसी, सचिवमा खोपीराम वलि, कोषाध्यक्षमा जयकृष्ण न्यौपाने, सदस्यहरुमा उप प्राध्यापक टेकेन्द्र कुमार महतरा, अनुप शाही, प्रमोद सुवेदी, राजेश थापा र विनोद अधिकारी पनि निर्विरोध निर्वाचित भएका छ्न ।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

केन्द्रिय अधिवेशनको लागि भने प्रतिनिधि ध्रुव कुमार अधिकारी, पुस्करनाथ रिजाल र टेकेन्द्र कुमार महतरा निर्विरोध निर्वाचित भएका छ्न । उदघाटन सत्र कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवम् क्याम्पस प्रमुख दान बहादुर हमालले प्राध्यापक संघ ऐतिहासिक भएकोले क्याम्पसको समग्र विकासका लाग्न अनुरोध गरे ।

क्याम्पसको वृहत्तर विकासको लागि प्रशासनसंग हाते मालो गर्दै काम गर्ने खालको कार्यसमिति ल्याउन सम्पूर्ण प्राध्यापकहरु लाई निर्देशन दिए । क्याम्पस देखापरेका हरेक समस्यामा सवै प्राध्यापकले विशेष ध्यान दिएर अपनत्व लिएर काम गर्नु पर्नेमा अब प्राध्यापक संघले पनि सोही अपनत्व लिएर काम गर्नेमा आफू विश्वास लिएको जानकारी गराए ।

कार्यक्रममा उप प्रा टेकेन्द्र कुमार महतरा, जय कृष्ण न्यौपानेले शुभकामना मन्तव्य राखेका थिए भने स्वागत मन्तव्य प्रमोद सुवेदीले राखेका थिए । कार्यक्रममा पुर्व क्याम्पस प्रमुख सह प्रा खगराज पन्त, रमेशचन्द्र अधिकारी, ध्रुव कुमार अधिकार तथा पुर्व सहायक क्याम्पस प्रमुख कृष्ण प्रसाद अधिकारि, पाठ्यक्रम तथा मूल्याङकन विभागका विभागीय प्रमुख एकराज शर्मा, अनुप शाही, लगायत सम्पूर्ण प्राध्यापकको उपस्थित रहेको थियो ।

बन्द सत्रमा निर्वाचन मन्डलका संयोजक खगराज पन्तले सौहाद्र रूपमा अधिवेशन सम्पन्न गराउने सम्पूर्ण प्राध्यापक एवम् संघ संघठन लाई धन्यवाद दिएका थिए । निर्वाचन मण्डलमा कृष्ण प्रसाद अधिकारी र जीवन सिंह राठौर रहेका थिए ।

कार्यक्रमको अध्यक्षता मध्यपश्चिम विश्वविद्यालय प्राध्यापक संघ तदर्थ समितिका सदस्य एवम् प्रतिनिधि ज्ञानेन्द्र शाहीको सभापतित्वमा र  खोपिराम वलिले कार्यक्रमको सञ्चालन गरेका थिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ भदौ ३१ गते शुक्रबार