Kohalpur Today Header Ads

व्यवसायिक च्याउ खेती गर्नका लागि कृषकहरुलाई तालिम




कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकाले कृषकहरुलाई व्यवसायिक च्याउ खेती गर्नका लागिग कृषकहरुलाई तालिम दिएको छ । मंगलबार एक औपचारीक कार्यक्रम गरी व्यवसायिक च्याउ खेती प्रविधि विषयक कृषक तालिम सकिएको छ ।

सो तालिम आइतबारदेखि मंगलबारसम्म सञ्चालन भएको थियो । व्यवसायिक च्याउ खेती प्रविधि विषयकका बारेमा कृषि शाखाका प्रमुख चन्द्र बहादुर बुढा, छत्र बहादुर खत्री, कल्पना नेपाली र यज्ञ बहादुर रोकायले कृषकहरुलाई तालिम दिएका दिए ।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

कोहलपुर नगरपालिका प्रमुख प्रशासकिय अधिकृत टिकारम ढकालले तालिमको समापन गरेका थिए । समापन कार्यक्रममा बोल्दै ढकालले तालिममा सिकेको विषयबस्तुलाई व्यवहारमा उतार्न अनुरोध गरेका थिए । तालिम लिएको प्रमाण पत्रलाई घरको बाकसमा होइन, व्यवहारमा देखाउनुहुनेछ भन्ने ढकालले पूर्ण विश्वास व्यक्त गरे ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ भदौ २८ गते मंगलबार