बाँके जिल्लाको विकास र समृद्धिका लागि आफु निरन्तर लागि परेको छु : मन्त्री अथक

काेहलपुर ।

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले आफु बाँके जिल्ला बाट प्रतिनिधित्व गर्ने भएकाले समग्र बाँके जिल्लाको बिकास र समृद्धिका लागि आफु निरन्तर लागि परेको बताए । मंगलबार नेपालगञ्ज-१९ स्थित नेपाल राष्ट्रिय आधारभुत विद्यालयको ४ कोठे पक्की भवन उद्घाटन गर्ने क्रममा यस्ताे बताएका हुन् ।

मन्त्री अथकले नेपालगंज विमान स्थल लाई अन्तर्राष्ट्रिय विमान स्थलका रुपमा विकास गर्न निरन्तर लागिपरेको र केही काम पनि अघि बढेको बताए ।

मन्त्री अथकका अनुसार सिक्टा सिँचाई हुलाकी सडक नौवस्ता औधौगिक क्षेत्रको पुर्णता अन्तर्राष्ट्रिय विमान स्थल, बैजनाथको मानसरोवर स्मारक पार्क, आधुनिक कवर्ड हल, राष्ट्रिय महिला क्रिकेट एकेडेमी कोहलपुर, अन्तर प्रदेश जोड्ने सडक संजाल, अन्तर जिल्ला जोड्ने सडक संजाल, विधितुकरण, स्वास्थ्य र शिक्षाको विकास, भेरी बबई डाईभर्शनसंगै भेरी डाईभर्शन लगायतका विकास र समृद्धिको प्रकिया अघि बढिसकेको छ ।

https://scontent.fktm9-2.fna.fbcdn.net/v/t1.15752-9/304863489_450643180356019_6507708025480176457_n.jpg?_nc_cat=104&ccb=1-7&_nc_sid=ae9488&_nc_ohc=ISJ-6gRnBdYAX__qGS9&_nc_ht=scontent.fktm9-2.fna&oh=03_AVKOJpuRZaYhcVFiEcm4kY9sdM8l8BVFzS53ya9v02Wn8A&oe=63470178

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मन्सुर खाँ ले २०४० सालमा स्थापना भएको विद्यालयको विकासका लागिलाई धेरै नेताहरुले आस्वासन दिएपनि काम नगरेको दुखेसो पोखे तर भाैतिक पुर्वाधार विकास भएन तर मन्त्री अथककाे पहलमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ४ कोठे पक्की भवन निर्माण गरिदिनुभएकाेमा प्रशंसा गरे ।

आगामी दिनमा विद्यालयको भौतिक पर्वाधार विकास र खेलमैदान लाई ब्यवस्थित बनाईदिन पनि अध्यक्ष खाँ ले आग्रह गरे ।