Kohalpur Today Header Ads

ठूला पत्रकार र लगानीकर्ताले दलाली गर्दैनन् ? उनीहरुको सम्पत्ति छानबिन गरौँ




निलम्बित अवस्थामा रहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफू र आफ्नो परिवारका नाममा रहेको सम्पत्ति छानबिन गर्न चुनौती दिएका छन् । उनले संसदीय समितिमा उपस्थित भएर यस्तो चुनौती दिएका हुन् । उनले केही ठूला पत्रकार, लगानीकर्ता र वकिल नै मुद्दाको दलालीमा सक्रिय रहेको खुलासा गरे ।

‘प्रधानन्यायाधीशको मेरो कार्यकालको अडिट गरियोस् । त्यसअघि र पछि पनि गरियोस् । न्यायालय खरिद बिक्री गर्ने गिरोहलाई भेट नदिएका कारण बृहस्पती एक्लो भयो,’ राणाको भनाई थियो, ‘मुद्दामा चलखेल गर्ने वकिल होइनन् ? म प्रधानन्यायाधीश भएपछि कुन व्यापारीलाई भेटेँ ? कुन कानून व्यवसायी भेटेँ ? अदालतलाई चिढ्याउने र ध्वस्त गर्ने काम नगर्नुस् भनेर पत्रिकाका सम्पादक र मालिकलाई बोलाएर पनि भनेँ । तर, मान्नुभएन ।’ उनले ठूला पत्रकार र लगानीकर्ता नै दलालीमा रहेको खुलासा गरे ।

‘ठूला पत्रकार र लगानीकर्ता दलालीमा सहभागी हुनुहुन्न ? तीनका हकमा सम्पत्ति शुद्धीकरण लाग्दैन ?,’ उनले भने,‘प्रधानन्यायाधीशलाई सम्पत्ति शुद्धीकरण लाग्नुपर्छ भनेर लेख्ने पत्रकार र तिनका साहुजीलाई सम्पत्ति शुद्धीकरण लाग्दैन ? मेरो सबै सम्पत्ति छानबिन होस् । परिवारको सम्पत्ति छानबिन होस् । मैले सम्पत्ति विवरण सार्वजनिक गरेकै छु ।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

फेरि पनि छानबिन होस् । नेपालमा हरेक किसिमका काममा हस्तक्षेप गरेर निर्णय गराउने कान्तिपुर छ । कान्तिपुरका कैलास सिरोहियालाई प्रधानन्यायाधीश बनाइदिए हुन्छ । अरु पत्रकारलाई न्यायाधीश बनाइदिए हुन्छ । वरिष्ठ वकिललाई न्यायाधीश र प्रधानन्यायाधीश बनाइदिए हुन्छ । हामीले पनि हेरौँ न ।’ उनले यो उजुरी नै आफू र आफ्नो परिवारको बदनामका लागि भएको बताए । -बाह्रखरीबाट

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ भदौ २७ गते सोमबार