Kohalpur Today Header Ads

अपांगता भएका व्यक्तिहरुलाई सेवा दिन घरमै पुग्छीन उपप्रमुख सुवेदी




कोहलपुर ।

कोहलपुर नगरपालिकामा अपांगता भएका व्यक्तिहरुलाई सेवा दिनका लागि घरमै पुगेर सेवा दिन थालिएको छ । अपांगता भएका व्यक्तिको सम्पूर्ण विवरण सहितको राम्रो गुणस्तरको पानीमा खस्दासमेत नबिग्रने किसिमको परिचय पत्र वितरण भैइरहको छ ।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

कतिपय पूर्ण असक्त र असक्त भएका विरामीहरुलाई के कस्ता अवस्था छ भनी चेकजाँच गरी सोही अनुसार डिजिटल कार्डको व्यवस्थापन गर्नका घरघरमै पुगिरहेको कोहलपुर नगरपालिका उपप्रमुख तथा अपांगता समन्वय समितिका संयोजक संगिता सुवेदीले बताइन् ।

उनका अनुसार कोहलपुर करिब २० जना पूर्ण असक्त र असक्त तथ्थांक छ । ‘घरमै पुगेर चेकजाँच गरी उपचारमा सहयोग पुग्ने किसिमको वातावरण कोहलपुर नगरपालिकाले गर्नेछ’ उनले भीनन्, ‘त्यसको लागि कोहलपुर नगरपालिकाले बजेटको व्यवस्थापन गरेको छ ।’ डिजिटल अपांगता परिचय पत्र बनाउन लागेपछि पूर्ण असक्त र असक्त व्यक्तिहरुलाई पहिचान गरी घरमै पुगेर सेवा दिन लागेको उपप्रमुख सुवेदीले बताइन् ।

आइतबार कोहलपुर नगरपालिका ३ का जुमराज शर्माको घरमा नगरपालिकाबाट दिइने सेवा दिनका लागि घरमै पुगिन्, । उनको अवस्था दयनिय छ । ओछ्यानबाट उठेर शौचालय समेत जान सक्दैनन । शर्मा गत वर्षको चैत महिनादेखि बेडमा नै छन् । विदेश जाने भनी गएका शर्माको भारतमा सडक दुर्घटनामा परी मेरुदण्ड भाचिएपछि अझै बेडमा भौतारिएका छन् । उनका दुई छोराछोरी र श्रीमती छन् ।

यस्तै महिला तथा बालबालिका शाखा प्रमुख रिना थापाले पुराना अथवा नयाँ अपाङ्गता भएका व्यक्तिहरुको डिजिटल परिचय पत्र बनाउन लागेको बताइन् । कोहलपुरका सबै वडाहरुबाट पनि वितरण भैइरहेको छ त्यसको लागि नगरपालिकाको अपांगता समन्वय समितिले पहिचान गरी सेवा दिइरहेको थापाले बताइन् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ भदौ २७ गते सोमबार